पश्चिमा देशलाई देखाउन चीन–भारततिर व्यापार बलियो बनाउँदै पुटिन
लण्डन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भरपर्दो अन्तर्राष्ट्रिय व्यापार साझेदारसँग व्यापारमार्ग पुनर्संरचना गरिरहेको बताएका छन् । उनले भरपर्दो साझेदार भनेका देशहरुमा चीन, भारत, ब्राजिल र दक्षिण अफ्रिका रहेका छन् ।
पश्चिमा देशले रुसी अर्थतन्त्रविरुद्ध धावा बोलिरहेका बेला पुटिनको यस्तो भनाइ सार्वजनिक भएको हो । उनले व्यापार प्रवाहको पहिचानमा सक्रिय भएर लागेको बताउँदै उनले ब्रिक्स देशलाई प्राथमिकता दिएको बताएका छन् । ब्रिक्स सम्मेलनको भर्चुअल कार्यक्रममा सहभागी हुँदै उनले सुरुवाती धारणा सार्वजनिक गरेको बताइएको छ । ब्रिक्स पाँच विकासोन्मुख देशको अनौपचारिक समूह हो ।
पुटिनका अनुसार रुस र ब्रिक्स देशबीचको व्यापार यो वर्षको पहिलो तीन महिनामा ३८ प्रतिशतले बढेर ४५ अर्ब अमेरिकी डलरको पुगेको छ । रुसी व्यावसायिक घेरा र ब्रिक्स देशबीचको सम्पर्क पनि बाक्लो हुँदै गएको उनले बताए । उनले भारतको उदाहरण दिँदै रुसमा भारतीय चेन स्टोरहरु खुल्ने क्रममा रहेको बताएका थिए । त्यस्तै चीनको कार, सामग्री र हार्डवेयरको रुसी बजार हिस्सा समेत बढिरहेको बताएका थिए ।
रुसले पनि चीन र भारतमा तेल निर्यात बढाइरहेको उनको भनाइ छ । मे महिनामा चीनले रुससँग हालसम्मकै उच्च परिमाणमा तेल आयात गरेको छ । यसबाहेक उनले पाँच देशका बैंकहरुसँग रुसको वित्तीय प्रणाली जोड्न खुल्ला रहेको सन्देश दिएका थिए । यसो गर्दा डलर वा युरोसँगको निर्भरता हटाउन सकिने उनको भनाइ थियो । उनले पश्चिमा देशविरुद्ध बजार अर्थतन्त्रको आधारभूत सिद्धान्तलाई लत्याएको आरोप समेत लगाएका थिए ।
यसपटकको बिक्स सम्मेलन चीनले आयोजना गरेको हो । फेब्रुअरीको अन्त्यतिर युक्रेनमाथि जबर्जस्ती आक्रमण गरेयता अन्तर्राष्ट्रिय मञ्चमा पुटिनले सम्बोधन गरेको यो नै पहिलो भएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया