बोइङको नयाँ विमानको इन्धन ट्यांकीभित्र भेटियो टुक्राटाक्री
एजेन्सी अमेरिका, फागुन ८
अमेरिकी विमान निर्माता बोइङको ७३७ म्याक्स श्रेणीका नयाँ विमानको इन्धन ट्यांकीमा फलामका टुक्राटाक्री फेला परेको छ । बीबीसीका अनुसार सोही मोडलका दुई विमान दुर्घटनाबाट विश्वभर ग्राउन्डेड अवस्था सामना गरिरहेको कम्पनीका लागि यसले फेरि अप्ठ्यारोमा पारिदिएको हो । उक्त टुक्राहरु फेला परेसँगै सुरक्षा सवाल खडा भएको बताइएको छ ।
इन्धन ट्यांकीभित्र धेरै नयाँ विमानमा फलामका टुक्राटाक्री फेला परेको हो । ती विमानहरु विमान सेवा कम्पनीहरुको मागमा निर्माण भएका र हस्तान्तरण हुँदै थिए । बोइङका ७३७ कार्यक्रमका प्रमुखले नयाँ घटनलाई अस्वीकार्य भनेका छन् ।बोइङका प्रवक्ताले भने उक्त श्रेणीका विमानहरु सेवा फर्किनलाई कुनै मुद्दा नभएको बताए । इन्धन ट्यांकीमा विदेशी वस्तुका टुक्राहरु पाइएको बताइएको छ । नयाँ घटनापछि कम्पनीले उत्पादन प्रणालीबारे अनुसन्धान गर्ने बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया