रूसी सुन आयातमा प्रतिबन्ध लगाउने जी–७ राष्ट्रको घोषणा
मस्को । संयुक्त राज्य अमेरिकाले आइतबार जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ । युक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रूसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो ।
यसअघि प्रतिबन्धबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्विटरमा लेखेका छन्, ‘जी–७ समूहले रूसी सुनको आयातमा प्रतिबन्धको घोषणा गर्नेछ । यो रूसको प्रमुख निर्यात हो । रूसले अर्बौं डलर बराबरको सुन निर्यात गर्छ ।’ सुरुमा बेलायतले यस उपायलाई अघि सारे पनि जी–७ सदस्यहरू क्यानाडा, जापान र संयुक्त राज्य अमेरिकाले यसलाई पछ्याएका छन् ।
जर्मनीमा शिखर सम्मेलन आयोजना गरिरहेको जी–७ समूह अन्तर्गतका अन्य सदस्यले पनि मंगलबार यस विषयलाई औपचारिकता दिने एक वरिष्ठ अमेरिकी अधिकारीले बताए । ह्वाइट हाउसका अनुसार, सन् २०२० मा सबै सुन निर्यातको लगभग पाँच प्रतिशत र रूसको उत्पादनको ९० प्रतिशत जी–७ राष्ट्रहरूमा थियो । यसमध्ये पनि सबैभन्दा बढी बेलायतमा गएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया