जी–७ द्वारा रूसलाई ब्ल्याक सी बन्दरगाहको नाकाबन्दी अन्त्य गर्न आग्रह
बेइजिङ । सात राष्ट्रहरूको समूह (जी–७) ले मङ्गलबार सबैभन्दा कमजोर मानिसहरूलाई कुपोषणबाट जोगाउन अमेरिकी डलर ४५ बिलियनको सहयोग प्रतिबद्धता व्यक्त गरेको छ । साथै युक्रेनको ब्ल्याक सी बन्दरगाह माथिको नाकाबन्दी अन्त्य गर्न रूसलाई आग्रह समेत गरेको छ ।
‘हामी भोकमरी र कुपोषणबाट सबैभन्दा कमजोरलाई जोगाउन थप ४.५ बिलियन अमेरिकी डलर सहयोगको प्रतिबद्धता व्यक्त गर्दछौँ । यो वर्ष विश्वव्यापी खाद्य सुरक्षाको लागि हाम्रो संयुक्त प्रतिबद्धताको रूपमा कुल १४ बिलियन अमेरिकी डलर बराबरको रकम हो’, जी–७ ले एक विज्ञप्तिमार्फत जनाएको छ ।
‘हामी रूसलाई बिना शर्त युक्रेनी ब्ल्याक सी बन्दरगाहहरूको यथाशीघ्र नाकाबन्दी अन्त्य गर्न आह्वान दोहो-याउँछौँ’, विज्ञप्तिमा भनिएको छ । त्यसैगरी जी–७ राष्ट्रहरूले मुख्य बन्दरगाह र यातायात पूर्वाधारको विनाश लगायत युक्रेनमा कृषि वस्तुहरू र उपकरण माथिको रूसी अवैध नियन्त्रण एवं युक्रेनी खाद्य उत्पादन र निर्यातलाई थप अवरोध गर्ने अन्य सबै प्रकारका गतिविधिहरू विरोध गरेको छ ।
त्यस्तै जी–७ नेताहरूले रुसद्वारा उद्पादित कृषि उत्पादनहरूको आयात र मानवीय सहायता वितरणमा भने कुनै प्रतिबन्धहरू लागू नगर्ने घोषणा गरेका छन् ।
नेताहरूले भनेका छन्, ‘हामी यो सुनिश्चित गर्छौँ– हाम्रा प्रतिबन्ध प्याकेजहरूले खाद्यान्नलाई लक्षित गर्दैनन् र रूस लगायतका कृषि उत्पादनहरूको स्वतन्त्र प्रवाह र मानवीय सहायताको वितरण प्रवाहको लागि कुने अवरोध हुने छैन ।’
युक्रेनलाई विश्वको १० प्रतिशत गहुँ, १२–१७ प्रतिशत मकै र आधा विश्वको सूर्यमुखी तेल आपूर्ति गर्ने ‘युरोपको खाद्य भण्डार’ मानिन्छ । जारी रुस–युक्रेन द्वन्द्वले अहिले यो सबै आपूर्ति अस्तव्यस्त बनेको छ ।
बन्दरगाह कब्जाले युक्रेनलाई आर्थिक रूपमा घाँटी थिच्ने काम गरेको छ । चार महिनाभन्दा बढी समयको द्वन्द्वपछि युक्रेनका पाँच प्रमुख व्यापारिक बन्दरगाहमध्ये दुईवटा कब्जा गरिएको छ र दुवै काला सागरको उत्तरपूर्वमा छन् जसबाट युक्रेनलाई अत्यन्त जटिलता थपिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया