अमेरिकी सेयरबजार ५० वर्षयताकै खराब अवस्थामा
वासिङटन । अमेरिकी सेयरबजार ५० वर्षयताकै खराब अवस्थामा पुगेको छ । एजेन्सीहरुका अनुसार सन् १९७० यता वर्षको पहिलो छ महिनामा सेयरबजार खराब अवस्थामा पुगेको हो ।
बढ्दो महंगीलाई लिएर चिन्ता बढिरहँदा त्यसले आर्थिक वृद्धिमा पार्ने असरलाई लिएर सेयरबजारमा प्रभाव देखिएको बताइएको छ । पछिल्लो छ महिनामा अमेरिकी सेयरबजार एसएन्डपी ५०० सूचक २०.६ प्रतिशतले गिरावट आएको छ भने अन्य अमेरिकी सूचकहरु पनि धेरै अंकले घटेको छ ।
बेलायत, युरोप र एसियाका सेयरबजार पनि धेरै अंकले घटेका छन् । खासगरी केन्द्रीय बैंकहरुले विश्वमा बढ्दो जीवनयापन लागत, इन्धन र खाद्य क्षेत्रमा बढ्दो मूल्यवृद्धिसँग जुध्न कडाइ गरिरहेका बेला सेयरबजार खराब अवस्थामा पुगेको हो । अमेरिकाका केही अर्थशास्त्रीहरुले यही वर्ष ब्याजदर बढ्दै गर्दा मन्दीतर्फ अर्थतन्त्र जाने बताइरहेका छन् ।
‘यदि अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउँछ भने सेयरबजारले यसको तत्कालै नराम्रो प्रतिक्रिया दिनेछ’, हाङसेङ बैंक चाइनाका प्रमुख अर्थशास्त्री डान वाङले भने । एएमपी क्यापिटलका शेख ओलिभरले पनि केन्द्रीय बैंकहरुले महंगी र युक्रेन युद्धसँग जुध्न कडाइ गर्दा सेयरबजारमा उतारचढाव गहिरिने बताए । युक्रेन युद्धले त अर्थतन्त्रलाई मन्दीमा लैजानसक्ने उनको भनाइ छ ।
अर्को मुख्य अमेरिकी सेयर सूचक डो जोन्स इन्डस्ट्रियल एभरेज पनि यो वर्षको पहिलो छ महिनामा १५ प्रतिशतभन्दा धेरैले घटेको छ । जुन सन् १९६२ यताकै ठूलो गिरावट भएको बताइएको छ । यता प्रविधिकेन्द्रित नास्डाक कम्पोसाइट पनि यो अवधिमा ३० प्रतिशतले घटेको छ । जुन अहिलेसम्मकै ठूलो दरको गिरावट हो ।
त्यसो त अमेरिकाबाहिरका सेयर सूचकहरु पनि यो वर्ष धेरै दरले गिरावट भएको छ । बेलायतको एफटीएसई २५० सो अवधिमा २० प्रतिशतले घट्दा युरोपको स्टोक्स ६०० सूचक १७ प्रतिशत हाराहारीले गिरावट आएको छ । एसिया प्रशान्त बजारको एमएससीआई सूचक पनि १८ प्रतिशतभन्दा धेरैले गिरावट आएको छ ।
यही हप्ताको सुरुतिर विश्वका तीन ठूला केन्द्रीय बैंक यूएस फेडेरल रिजर्भ, युरोपियन सेन्ट्रल बैंक र बैंक अफ इंग्ल्यान्डका प्रमुखहरुले तत्काल मूल्यवृद्धि रोक्न पहल नगरे नियन्त्रणबाहिर जाने अवस्था आउने चेतावनी दिएका थिए । पोर्चुगलमा भएको एक वार्षिक बैठकमा उनीहरुले महामारी र युक्रेन युद्धले महंगी बढेको बताउँदै यसले विश्व आर्थिक वृद्धिमा असर पार्ने बताएका थिए ।
फेड प्रमुख जेरोमी पवेलले जोखिमको अवस्था रहे पनि ठूलो जोखिम भने नआउने बताएका थिए । मूल्यमा स्थिरता कायम गर्न उनको जोड थियो । गत महिनामात्रै फेडले झण्डै ३० वर्षयताकै धेरै दरमा ब्याजदर बढाएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपाल बैंक र एएसजी आई केयर एन्ड हेल्थ सर्भिसेजबीच सम्झौता
- एनआईसी एसिया क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम
- मेची–महाकाली ‘युवा संकल्प यात्रा’ सञ्चालन गरिने
- तिहारमा देशभरबाट जुवातास खेल्ने एक सय २९ जना पक्राउ
- एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित
- चिलिमे–त्रिशुली प्रसारण लाइन निर्माण सम्पन्न
- आजदेखि छठ पर्व विधिपूर्वक सुरु
- प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट उद्योग सञ्चालन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया