चरम भोकमरी बढ्ने संयुक्त राष्ट्रसंघको चेतावनी
दक्षिण अमेरिका । संयुक्त राष्ट्रसंघले ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रमा भोकमरीको समस्या चरम रुपमा बढ्दै जानसक्ने चेतावनी दिएको छ । राष्ट्र संघीय खाद्य कार्यक्रम (एफएओ) ले सो चेतावानी दिएको हो । पछिल्ला दिनहरुमा ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रीय देशहरुमा बढ्दै गएको खाद्य असुरक्षाका कारण यहाँ भोकमरी बढ्दै जाने अवस्था देखिएको सो कार्यक्रमले जनाएको हो ।
यहाँ हरेक वर्ष खाद्य असुरक्षा बढ्दै गएको र भोकमरीमा परेका नागरिकहरुको संख्या पनि वर्षेनी बढ्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् । सो विश्व खाद्य कार्यक्रमका अधिकारीहरुले सन् २०२१ को तुलनामा यस वर्षमात्र कम्तीमा पनि ४० लाख नागरिक भोकमरीको चपेटामा परेका पाइएको पनि बताएको छ ।
यस क्षेत्रमा सन् २०२० र २०२१ मा सम्ममा करिब ५ करोड ६५ लाख नागरिक भोकमरीको चपेटामा परेका थिए । साथै यसै अवधिमा यहाँका २६ करोड ८० लाख नागरिकहरु खाद्यान्नको असुरक्षाको अवस्थामा परेका पनि पाइएको समाचारमा जनाइएको छ । यसरी वर्षेनी खाद्य असुरक्षामा पर्ने र खाद्यान्न अभावमा रहेका नागरिकहरुको संख्या बढ्दै गएको भन्दै आगामी केही समयमै यहाँ भोकमरीमा पर्ने नागरिकको संख्या निकै धेरै हुने भएकाले त्यसको आवश्यक तयारी गर्न पनि संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमले आग्रह गरेको छ ।
खडेरी तथा अन्य विविध कारणहरुले यहाँ हरेक वर्ष खाद्यान्न उत्पादनमा पनि कमी आएको र यसका कारण यहाँ खाद्यान्न संकट बढ्दै जाने बताइएको छ । रासस/सिन्ह्र्वा
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- थप १० दिन लामिछानेसहित चार जना हिरासतमा
- आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ
- तिहारको लामो बिदा पछिको शेयरबजार
- निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार, ६ जना पक्राउ
- पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह
- घट्यो सुनको मुल्य
- एक हजार तीन सय किलो गाँजा बरामद
- अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन जाने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया