Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीन र अमेरिकाको अर्थतन्त्र र व्यापार क्षेत्रको व्यावहारिक सहयोग अगाडि बढाइने

चीन र अमेरिकाको अर्थतन्त्र र व्यापार क्षेत्रको व्यावहारिक सहयोग अगाडि बढाइने


अमेरिका । चिनियाँ उपप्रधानमन्त्री लिउ ह र अमेरिकी अर्थमन्त्री जेनेट एल येलेनबीच समष्टिगत अर्थतन्त्रको परिस्थिति, आपूर्ति शृंखलाको स्थिरतालगायतका विषयमा बिहीबार छलफल भएको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शु युथिङले भने, ‘चीनका उपप्रधानमन्त्री र अमेरिकी अर्थमन्त्री जेनेट एल येलेनबीच भिडियोमार्फत वर्तमान आर्थिक अवस्था र आपूर्तिबारे आफ्ना धारणा आदानप्रदान भएको र उक्त वार्ता रचनात्मक भएको बताएका छन् ।

हाल विश्व अर्थतन्त्रको सामु गम्भीर चुनौती देखापरेको छ । समष्टिगत नीति क्षेत्रमा चीन र अमेरिकाबीचको आदानप्रदान बढाउनु र विश्वको व्यवसाय आपूर्ति शृंखलाको स्थिरताको संरक्षण गर्नु चीन, अमेरिकाको साथै समग्र विश्व समुदायका लागि हितकर हुने बताइएको छ ।

वार्तामा अमेरिकाले कतिपय चिनियाँ सामान खरिदमा अतिरिक्त कर असुल्ने गरी लगाएको कर र केही चिनियाँ सामानको प्रतिबन्ध हटाएकोमा चीनले अमेरिकी कदमको प्रशंसा गरेको छ । उक्त अवसरमा दुई पक्षबीच आर्थिक तथा व्यापारिक टोलीहरूले भविष्यमा घनिष्ठ सम्पर्क गर्ने, समष्टिगत आर्थिक नीतिको आदानप्रदान गर्ने र अर्थतन्त्र तथा व्यापार क्षेत्रको व्यावहारिक समाधानका लागि छलफललाई अगाडि बढाउने विषयमा मतैक्य व्यक्त गरिएको वाणिज्य मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x