Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकाले मुद्रास्फीतिको सामना गर्न प्रमुख दरलाई २१ वर्षकै उच्च पु-यायो

श्रीलंकाले मुद्रास्फीतिको सामना गर्न प्रमुख दरलाई २१ वर्षकै उच्च पु-यायो


कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकको मौद्रिक बोर्डले ‘स्ट्यान्डिङ डिपोजिट फेसिलिटी रेट (एसडीएफआर)’ र ‘स्टान्डिङ लेन्डिङ फेसिलिटी रेट (एसएल एफआर) दरलाई क्रमशः १०० आधार विन्दुले बढाएर १४.५० प्रतिशत र १५.५० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ ।

बढ्दो घरेलु मुद्रास्फीतिको सामना गर्न यसो गरिएको बैंकले जनाएको छ । साथै, यी दरहरू २१ वर्षकै उच्च छन् । केन्द्रीय बैंकले हालै मुद्रास्फीतिमा सोचेभन्दा बढी वृद्धि भएको जनाएको छ । उच्च मुद्रास्फीति आगामी केही समयका लागि रहने अपेक्षा गरिएको छ । यसरी प्रतिकूल मुद्रास्फीतिको अनुमानको कुनै पनि वृद्धिलाई समाहित गर्न थप मौद्रिक नीति कडा हुनु आवश्यक हुने मौद्रिक बोर्डको धारणा रहेको थियो ।

केन्द्रीय बैंकले नीतिगत समायोजनले श्रीलंकाको मुद्रास्फीतिलाई मध्यम अवधिमै चारदेखि छ प्रतिशतसम्म स्थिर बनाउन मद्दत पुग्ने बताएको छ । बैंकले सूक्ष्म, साना तथा मध्यमस्तरका व्यवसायीलगायत समग्र आर्थिक गतिविधिमा कडा मौद्रिक अवस्थाको प्रभाव र वित्तीय क्षेत्रको कार्यसम्पादनलाई विज्ञहरूले कालान्तरमा अर्थतन्त्रका सबै क्षेत्रमा भएको मूल्यवृद्धिको दूरगामी प्रतिकूल परिणामबारे विचार गरेको बताए ।

बैंकले अप्रिलमा सात सय आधारविन्दुले दर बढाएको थियो तर मे महिनामा आफ्नो अघिल्लो नीतिमा थपघट गरेको थिएन ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x