ईयूले युक्रेनलाई एक अर्ब युरो सहायता गर्ने
ब्रसेल्स । युक्रेनको वित्तीय स्थिरता सुनिश्चित गर्न युरोपेली यूनियन (ईयू)ले एक अर्ब युरोबराबरको नयाँ सहयोगको घोषणा गरेको छ । यस सहायता प्रस्तावलाई युरोपेली संसदले अनुमोदन गरिसकेको युक्रेनी अर्थ मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘युरोपेली युनियन (ईयू) को बृहत् आर्थिक सहायतालाई प्राथमिकतामा राखेर बजेट आवश्यकताहरूको वित्त व्यवस्थापन र साधारणतया युक्रेनमा वित्तीय स्थिरता सुनिश्चित गर्न निर्देशित गरिनेछ ।’ युरोपेली संसदले युक्रेनको तत्काल बजेट आवश्यकता पूरा गर्न एक अर्ब युरो बराबरको ताजा सहायता प्रदान गर्ने युरोपेली आयोगको प्रस्तावलाई समर्थन गर्ने पक्षमा मतदान गरेको छ ।
युक्रेनका लागि नयाँ सहायता दिने निर्णय युरोपेली आयोगले जुलाई १ मा घोषणा गरेको थियो । यसलाई लागू गर्न युरोपेली परिषद्ले पनि समर्थन गर्नुपर्छ । अप्रिल महिनामा युक्रेनका प्रधानमन्त्री अस्विकार स्मिहाले रुससँगको द्वन्द्वका बीच सबै सामाजिक तथा मानवीय दायित्व पूरा गर्न युक्रेनलाई मासिक पाँच अर्ब डलर आवश्यक रहेको बताएका थिए ।
युक्रेनले मार्चदेखि युरोपेली यूनियनबाट दुई पटक गरेर १.२ अर्ब युरो (करिब १.२२ अर्ब अमेरिकी डलर) प्राप्त गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक
- एसिया र विश्वकप यो हातले उचाल्नु छ: कप्तान महतो
- मेलम्चीको पानी बागमती नदीमा छाडियो
- बौद्धिक पलायन रोक्न विद्यालयदेखि नै सीपमूलक शैक्षिक कार्यक्रम आवश्यक: अध्यक्ष दाहाल
- छन्दुस्थित महावाणिज्य दूतावासमा परराष्ट्रमन्त्री डा. राणा
- ब्ल्याक शार्क नेपाली बजारमा
- ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्सको ओरिएन्टेसन सम्पन्न
- नेपाल बैंक र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया