Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमस्कले नकिन्ने भनेपछि ट्विटरको सेयर घट्यो

मस्कले नकिन्ने भनेपछि ट्विटरको सेयर घट्यो


अमेरिका । चर्चित सामाजिक सञ्जाल ट्विटरको सेयरमा सोमबार गिरावट आएको छ । अर्बपति इलोन मस्कले ४४ अर्ब डलरमा यसअघि आफैँले गरेको खरिद प्रस्तावबाट हात झिक्ने बताएपछि ट्विटरको सेयरमा गिरावट आएको बताइएको छ ।

ट्विटरले कम्पनीबारेको पर्याप्त सूचना आफूलाई दिन इन्कार गरेको आरोप लगाउँदै नकिन्ने घोषणा गरेका थिए । उनले ट्विटरमा कति स्पाम र झूठा एकाउन्ट छन् भन्ने जानकारी मागिरहेका थिए । मस्कले अहिले एकाएक एकतर्फी रुपमा नकिन्ने बताएपछि ट्विटरले भने कानुनी लडाइँको तयारी गरेको बीबीसीले जनाएको छ । त्यसका लागि उसले अमेरिकी उच्च कानुनी फर्मलाई मुद्दा लड्न अख्तियारी दिएको बताइएको छ ।

मस्कले भने अदालतमा ट्विटरले बोटहरुबारे जानकारी दिनुपर्ने भन्दै ट्विट गरेका छन् । संसारकै धनाढ्य अर्बपति मस्कले एक ट्विट गर्दै उक्त चुनौती दिएका हुन् । सोमबारको सुरुवाती कारोबारमा ट्विटरको सेयर प्रतिकित्ता मूल्य ३४.४० अमेरिकी डलरमा कारोबार भएको हो । मस्कले प्रतिकित्ता ५४.२० डलरमा ट्विटर किन्न गरेको अफरभन्दा यो निकै तलको मूल्य हो । उनले गरेको खरिद प्रस्तावलाई ट्विटरको बोर्डले गत अप्रिलमै अनुमोदन समेत गरिसकेको छ ।

मस्कले गत शुक्रबार ट्विटर नकिन्ने जानकारी गराएका थिए । उनी चर्चित विद्युतीय कार कम्पनी टेस्ला र अन्तरिक्ष रकेट कम्पनी स्पेस एक्सका मालिक रहेका छन् । गत अप्रिलमा उनले ट्विटर किन्न प्रस्ताव गरेका थिए । तर एक महिनापछि ट्विटरसँग झूटा खातालाई लिएर वैमनश्य बढेको थियो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x