Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारनोर्ड स्ट्रिम–वनबाट जर्मनी आपूर्ति गरिने ग्यास १० दिन अवरूद्ध हुने

नोर्ड स्ट्रिम–वनबाट जर्मनी आपूर्ति गरिने ग्यास १० दिन अवरूद्ध हुने


बर्लिन । रूसी ग्यास जर्मनी जाने बाल्टिक सागर पाइपलाइन नोर्ड स्ट्रीम–वनबाट १० दिनका लागि आपूर्ति अवरुद्ध भएको छ । सिन्ह्वाका अनुसार उक्त पाइपलाइनको रूसी–ग्यास कम्पनी ग्याजप्रोमले वार्षिक तालिकाअनुसार मर्मतसम्भार कार्यका लागि उक्त कदम चालिएको जनाएको छ ।

यद्यपि, जर्मनीका मन्त्रीहरूले बर्लिनमाथि दबाब दिनका लागि राजनीतिक रूपले उक्त कदम चालिएको बताएका छन् । जर्मनीका अर्थमन्त्रीले रूसबाट ग्यास आपूर्ति बन्द हुने सम्भावनाबारे युरोपेली देशहरू तम्तयार रहनुपर्ने बताएका छन् ।

चेक रिपब्लिकका उद्योगमन्त्रीसँग संयुक्त विज्ञप्ति जारी गर्दै रोबर्ट ह्याबेकले युरोपेली युनियनका सदस्यबीच नै विमति उत्पन्न हुने गरी ग्यास आपूर्तिको मुद्दालाई रूसले उपयोग गरिरहेकोमा चिन्ता व्यक्त गरे । जर्मनीको ऊर्जा नियामकले पनि विगतकै परिमाणमा अब ग्यास आपूर्ति निरन्तर रहनेमा आशंका व्यक्त गरेको छ । यसअघि नै ग्यास आपूर्ति साविकमा हुनेको ४० प्रतिशत मात्रै हुने गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x