Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकाली राष्ट्रपतिद्वारा राजीनामापत्रमा हस्ताक्षर

श्रीलंकाली राष्ट्रपतिद्वारा राजीनामापत्रमा हस्ताक्षर


कोलम्बो राष्ट्रपति गोताबाया राजापाक्षेले सोमबार आज बुधबारदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका छन् । उनले गत सोमबार असार २९ को मिति राखेर राजीनामापत्रमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा भोलि हुनेछ ।

राष्ट्रपति गोताबायाले राजीनामापत्रमा हस्ताक्षर गरेर वरिष्ठ सरकारी अधिकारीलाई हस्तान्तरण गरेका तथा ती अधिकारीले सभामुख सभामुख महिन्दा यापा आबेवर्देनालाई बुझाउने डेली मिररले जनाएको छ । संसद्बाट आज उनले गोटाबाया राजापाक्षे देशको राष्ट्रपति नरहेको सार्वजनिक घोषणा गर्नेछन् ।

प्रधानमन्त्री रनिल विक्रमासिंगेले आज नै अस्थायी राष्ट्रपतिका रूपमा शपथ लिनेछन् । संसद्बाट नयाँ राष्ट्रपति चयन नभएसम्म उनले नै शासन सञ्चालन गर्नेछन् । सभामुखले आगामी साउन ४ गते संवैधानिक प्रावधानअनुसार नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरिएको जानकारी राजनीतिक दलका नेताहरूलाई दिएका छन् । राष्ट्रपति पदका लागि साउन ३ गते उम्मेदवारी मनोनयन गरिनेछ ।

प्रधानमन्त्री रनिल विक्रमासिंगे र विपक्षी दलका नेता सजिथ प्रेमदासा उम्मेदवार बन्ने पुष्टि भइसकेको छ । प्रेमदासाले देशको अर्थतन्त्र पुनर्निर्माण गर्न आफू तयार रहेको जानकारी सोमबार दिएका थिए । यसअघि प्रधानमन्त्री विक्रमासिंगेले पनि पदबाट राजीनामा दिने घोषणा गरेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले पदबाट राजीनामा नदिएसम्म त्यहाँबाट बाहिर ननिस्कने स्पष्ट पारेका छन् । शनिबार राष्ट्रपति गोटाबाया देश छाडेर भागेको बताइएको थियो ।

चरम भ्रष्टाचार, गृहयुद्ध, विद्रोह एवम् महामारीका कारण केही महिनायता श्रीलंकाले अकल्पनीय आर्थिक संकटको सामना गरिरहेको छ । आर्थिकरूपमा टाट पल्टिएको श्रीलंकामा इन्धनका साथै दैनिक उपभोग्य वस्तुको चरम अभाव छ । बाह्य ऋणको भारीले थिलथिलो भएको टापुराष्ट्रमा नयाँ राजनीतिक नेतृत्वले देशलाई आर्थिक संकटबाट मुक्त गर्न कठोर परिश्रम गर्नुपर्नेछ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x