पेट्रोलियमको मूल्य आकासिँदा अमेरिकामा महँगी ९.१ प्रतिशतले बढ्यो
अमेरिका । अमेरिकामा महंगी आकाशिएको छ । उपभोक्ता मूल्य ९.१ प्रतिशतले वर्षगत वृद्धि भएको ब्युरो अफ लेबर स्टाटिस्टिक्सको बुधबारको नयाँ तथ्यांकले देखाएको हो । यो वृद्धि ४० वर्षयताकै उच्च भएको बताइएको छ । मे महिनासम्म मूल्यवृद्धि ८.६ प्रतिशत थियो । तर अहिले आएको तथ्यांक अर्थशास्त्रीले अनुमान गरेको ८.८ प्रतिशतभन्दा धेरै भएको रिफाइनिटिभले जनाएको छ ।
जुनका लागि उपभोक्ता मूल्य सूचकांकले पनि सबैखाले मूल्य जुन उपभोक्ताले तिर्छन् पनि मेबाट जुनसम्म १.३ प्रतिशतले बढेको छ । यसमा वस्तु र सेवा समावेश छ । जुनमा बढेको अधिकांशतः पेट्रोलियममा भएको मूल्यवृद्धिको उपज रहेको बताइएको छ । त्यो बेला वर्षगत तुलनामा ६० प्रतिशतले बढेको थियो ।
गत महिना अमेरिकीहरुले इन्धनमा धेरै पैसा तिर्नुपरेको थियो । राष्ट्रिय औसत एक ग्यालन इन्धनको अमेरिकीहरुले पाँच अमेरिकी डलर तिरेका थिए । त्यस्तै विद्युत् र प्राकृतिक ग्यासको मूल्य समेत १३.७ प्रतिशतले र ३८.४ प्रतिशतले क्रमशः बढेको थियो । जुनमा सकिएको १२ महिनाको चक्रअनुसार यो वृद्धि भएको हो । कुल रुपमा भन्नुपर्दा ऊर्जा क्षेत्रको मूल्यवृद्धि वर्षगत तुलनामा ४१.६ प्रतिशत रहनपुगेको बताइएको छ ।
उक्त वृद्धि सबैजसो क्षेत्रमा देखिएको सीएनएनले जनाएको छ । खाद्य क्षेत्रमा समेत अमेरिकामा वार्षिक तुलनामा १२.२ प्रतिशतले वृद्धि भएको छ । डेरी उत्पादन १३.५ प्रतिशतले बढ्दा मासुको मूल्यवृद्धि १३.८ प्रतिशत पुगेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया