Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा निःशुल्क

भारतमा कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा निःशुल्क


नयाँ दिल्ली । भारतमा कोरोना भाइरस विरुद्धको खोपको अतिरिक्त मात्रा निःशुल्क लगाइने भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सरकारले बुधबार घोषणा गरेअनुसार १८ वर्षदेखि माथिका व्यक्तिलाई आगामी जुलाई १५ देखि निःशुल्क खोप दिइनेछ । जुलाई १५ देखि ७५ दिनसम्म निःशुल्क खोप दिने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् ।

देशभर रहेका सबै सरकारी स्वास्थ्य संस्थाहरूमा यो सेवा उपलब्ध हुने पनि सूचना तथा प्रसारण मन्त्रालयले जनाएको छ । ‘भारतमा ७५औँ स्वतन्त्रता दिवस मनाइँदै छ । त्यसैको अवसरमा जुलाई १५ देखि ७५ दिनसम्म १८ भन्दा बढी उमेरका व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको अतिरिक्त मात्रा निःशुल्क दिने निर्णय गरेका छौँ’, सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले भने ।

भारतमा १२ देखि १४ वर्षसम्मका बालबालिकालाई यसअघि मार्च १६ देखि कोरोना भाइरस विरुद्धको खोप दिन थालिएको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x