Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारराजापाक्षे सिंगापुर पुगे

राजापाक्षे सिंगापुर पुगे


सिंगापुर ।  श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे सिङ्गापुर आइपुगेका छन् । उनलाई निजी भ्रमणका लागि सिंगापुर प्रवेश गर्न दिइएको सिंगापुरको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ ।

मन्त्रालयको अनुमतिमा उनी सिंगापुर आएको मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन् । साउदी विमानमार्फत उनी माल्दिभ्सबाट सिंगापुर आएको स्थानीय सञ्चार माध्यमहरूले समाचार लेखेका छन् । स्थानीय समयअनुसार बिहीबार बेलुका ७.१७ बजे उनी सिंगापुरको चाँगी विमानस्थलमा उत्रिएका हुन् ।

राजापाक्षे शरणार्थीको रूपमा आएको हो वा होइन भन्ने बारेमा कुनै जानकारी नभएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । उनको गन्तव्य सिंगापुर नै हो वा फेरि अन्यत्र जाने हो भन्ने बारेमा पनि एकीन नभएको जनाइएको छ । आन्दोलनकारीले आफ्नो निवास कब्जा गरेपछि देशभित्रै अन्यत्र लुकेर बसेका राजापाक्षेले बुधबार देश छाडेर माल्दिभ्स पुगेका थिए । त्यहाँ उनी एक दिन बसेर सिंगापुर आएका हुन् ।

उनले देश छोडेपछि राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री रनिल विक्रमासिंगेलाई दिइएको छ । सभामुख महिन्दा यापा अबेवार्डेनाले आगामी जुलाई २० मा संसदबाट नयाँ राष्ट्रपति चयन गरिने जानकारी दिएका छन् । रासस /सिन्ह्वा


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x