फक्सवागनको उत्सर्जन सफ्टवेयर अवैध युरोपेली अदालतको ठहर
ब्रसेल्स । युरोपेली अदालत (सीजेईयू) ले बिहीबार फक्सवागन डिजेल गाडीहरूमा राखिएको सफ्टवेयर अवैध रहेको फैसला गरेको छ । एएफपीका अनुसार निश्चित तापक्रममा प्रदूषण उत्सर्जन फिल्टरलाई निष्क्रिय बनाउने उक्त सफ्टवेयर अवैध भएको घोषणाले प्रभावित ग्राहकहरूका लागि क्षतिपूर्तिको बाटो खोलिदिएको छ ।
‘वर्षको अधिकांश समयमा सामान्य तापक्रममा उत्सर्जन नियन्त्रण प्रणालीको प्रभावकारिता कम गर्ने डिजेल गाडीको सफ्टवेयर निषेधित उपकरण हो’, युरोपेली अदालतको फैसलामा उल्लेख गरिएको छ । तापक्रम १५ भन्दा कम र ३३ डिग्री सेल्सियस (५९ डिग्री फारेनहाइट) भन्दा बढी हुँदा सफ्टवेयरले फिल्टरिङलाई कम गर्छ वा पूर्णतया निष्क्रिय पार्छ ।
अदालतले आफ्नो फैसलामा भनेको छ, ‘युरोपेली मापदण्ड स्तरमा तोकिएको उत्सर्जन सीमा १५ डिग्री सेल्सियसभन्दा निकै कम भए पनि यसलाई नियमन गर्नुपर्ने उल्लेख छ ।’ सन् २०११ देखि सन् २०१३ को बीचमा फक्सवागन गाडी किनेका क्रेताहरूको गुनासोपछि अस्ट्रियाको सर्वोच्च अदालत र दुई क्षेत्रीय अदालतहरूले सीजेयूमा मुद्दा दायर गरेका थिए ।
यस फैसलाको प्रतिक्रियामा जर्मन सवारीसाधनले आफ्नो गाडीमा प्रयोग गरिने ‘थर्मल विन्डो’ ठीक रहेको दाबी गरेको छ । ‘तिनीहरूले क्षति वा दुर्घटनाको रूपमा इन्जिनको तत्काल जोखिमबाट जोगाउँछन्’, कम्पनीले भनेको छ, ‘कार्यवाहीबाट प्रभावित ईए–१८९ गाडीको निकासबाट आउने ग्यास पुनः १० डिग्री सेल्सियसको बाहिरी तापक्रमसम्म शतप्रतिशत सक्रिय भएको र यसरी वर्षको अधिकांश समयमा यो प्रयोगका लागि कानुनसम्मत हुनेछ ।’
फक्सवागनले अदालतको निर्णयको प्रभाव ‘सामान्य’ हुने विश्वास गरेको छ । राष्ट्रिय अधिकारीहरू र अदालतहरूले अझै पनि उक्त सफ्टवेयर प्रयोग गर्न जायज छ कि छैन भन्ने विषयमा निर्णय गर्नुपर्ने दाबी कम्पनीको छ । ‘थर्मल विन्डो’का कारण भएको क्षतिको कथित दाबीलाई आधार बनाउने कानुनी कार्यहरू असफल भइरहेका उसले जनाएको छ । फक्सवागन समावेश भएको छुट्टै ‘डिजेलगेट’ काण्डमा ४५ हजारभन्दा बढी शिकायतकर्ताको प्रतिनिधित्व गर्ने जर्मन वकिल क्लाउस गोल्डेनस्टीनले बताएको छ ।
उनले भने, ‘आजको निर्णयसँगै फक्सवागन फेरि एकपटक गाडीको निकासबाट आउने ग्यास काण्डमा फसेको छ ।’ सन् २०१५ मा सुरु भएको ‘डिजेलगेट’ काण्डमा, फक्सवागनले उत्सर्जन परीक्षणको लागि लाखौं डिजेल गाडीहरूमा छली गरेको स्वीकार गरेको छ । यस काण्डले थुप्रै प्रमुख युरोपेली कार निर्माता तथा कार पुर्जा आपूर्तिकर्ताहरूलाई चोरी सफ्टवेयरको विकासमा तिनीहरूको कथित भूमिकामाथि फन्दामा पारेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- समसामयिक राजनीतिक व्यङ्ग्य
- साढे दुई करोड नाघ्यो मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या
- अन्तःशुल्क स्टिकर खरिद प्रकरणमा विकल र सफललाई आठ वर्ष कैद हुने
- प्रधानमन्त्रीको चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- सामाजिक सुरक्षा कोषमा ६८ अर्ब सङ्कलन
- देशभरको मौसम सफा रहने पूर्वानुमान
- ‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया