बिल गेट्सले दान गरे २० अर्ब डलर
अमेरिका । अमेरिकी अर्बपति बिल गेट्सले आफ्नो सम्पत्तिको २० अर्ब डलर दानमा खर्चिएका छन् । धनाढ्यको सूचीबाट बाहिरिने योजना बनाएका गेट्सले उक्त रकम च्यारिटी संस्था बिल एन्ड मेलिन्डा फाउन्डेसनलाई दिएका हुन् । यो संस्थाले विश्वले कोरोना महामारी र रुस–युक्रेन युद्धले थपेको चुनौती सामना गरिरहेका बेला ठूलो धनराशि खर्चिने योजनाा बनाएको छ ।
यो संस्था विश्वकै ठूलो दान र समाजसेवामा खर्च गर्ने संस्था हो । यसले महामारीअघिको अवस्थामा विश्वलाई लैजान ५० प्रतिशतले खर्च बढाउने योजना बनाएको छ । यो भनेको छ अर्ब डलरबाट हरेक वर्ष नौ अर्ब अमेरिकी डलर खर्च गर्ने हो । यसरी २०२६ सम्म खर्च गर्ने योजना छ । यो संस्थाले विश्वमा स्वास्थ्य, लैंगिक समानता, शिक्षा र अन्य सामाजिक मुद्दाहरुमा सुधारको लागि आर्थिक सहयोग गर्छ ।
माइक्रोसफ्टका सहसंस्थापक गेट्स र उनकी पूर्वश्रीमती मेलिन्डा फ्रेन्च गेट्स दुवैले आफ्नो धेरै सम्पत्ति फाउन्डेसनलाई दिने बताएका छन् । २० वर्षअघि यो संस्थाको स्थापना भएको थियो । २०२१ मे महिनामा यो दम्पतीले सम्बन्धविच्छेद गरेको थियो । सम्बन्धविच्छेद भए पनि संस्थामा दुवैले मिलेर काम गर्ने बताएका थिए । यसअनुसार सहप्रमुखको रुपमा अझै दुई वर्ष उनीहरुले काम गर्ने बताएका छन् ।
अन्त्यमा मेलिन्डाले राजीनामा दिन पनि सक्नेछिन् भने पूर्वपतिबाट रकम पनि पाउनेछिन् । त्यसपछि बिल नै संस्थाको प्रमुख कायम हुनेछन् । बिलसँग अहिले ११४ अर्ब डलर सम्पत्ति रहेको अनुमान छ । उनी अहिले ब्लुम्बर्गको अर्बपति सूचकांकमा चौथो धनाढ्यमा पर्छन् । उनको धेरै सम्पत्ति माइक्रोसफ्टको सेयरमा आधारित छ ।
बिल धनाढ्यको सूचीबाट बाहिरिन चाहिरहेका छन् । उनले बुधबार मात्रै एक ब्लगपोस्टमा भनेका थिए, ‘म अब सामान्य व्यक्तिमा बदलिन चाहन्छु। मेरा स्रोतहरु समाजलाई फर्काउनुपर्ने कर्तव्य निर्वाह गर्नुपर्ने छ । ता कि ती सबै मानिसहरुको जीवनमा सुधार ल्याउन सकोस् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- रियलमीको सर्भिस सेन्टर अब दाङमा
- एनपीएलको युट्युब प्रसारण अधिकार डिस मिडिया नेटवर्कलाई
- नेपाल डिस्टिलरीजद्वारा कास्क सिरिज रमको सीमित उत्पादन
- एंकर वाई प्यानासोनिकको जिभा स्विच सकेट नेपालमा
- ‘रोयल्टी बाँडफाँटका सूचकलाई परिवर्तन गर्नुपर्छ’
- व्यवसाय गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह
- पशुपति क्षेत्रमा माछामासु मदिरा र नशालु पदार्थ निषेध
- समसामयिक राजनीतिक व्यङ्ग्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया