अफगानिस्तानमा मुद्रा स्थिरताको चिन्ता, केन्द्रीय बैंकले एक करोड २० डलर लिलामी गर्ने
काबुल । अफगानिस्तानको केन्द्रीय बैंकले राष्ट्रिय मुद्रा स्थिर राख्ने प्रयासस्वरूप एक करोड २० लाख अमेरिकी डलर लिलामी गर्ने जनाएको छ ।
द अफगानिस्तान बैंकलाई उद्धृत गर्दै राज्य सञ्चालित बख्तर न्यूज एजेन्सीले मनी चेन्जर्स र निजी बैंकलगायतका बोलकबोलकर्ताहरूले लिलामी सुरु हुनुपूर्व केन्द्रीय बैंकमा ग्यारेन्टीको रूपमा अफगानीमा आवश्यक पैसा जम्मा गर्नुपर्नेछ । अफगानिस्तानको राष्ट्रिय मुद्रा, द अफगानी विदेशी मुद्रासँग कमजोर बनेका समय बैंकको यो निर्णय आएको हो ।
तालिवान समूहको नेतृत्वमा सरकार गठन भएसँगै अफगानी मुद्रा अमेरिकी डलरलगायत अन्य विदेशी मुद्रासँग कमजोर बनेको छ । गत साता एक डलर बराबर ८८.१० रहेको अफगानी मुद्राको विनिमय दर बढेर शनिबार ८८.४० भएको छ ।
यसअघि केन्द्रीय बैंकले जून २० मा एक करोड २० लाख र जुन २७ मा एक करोड २० लाख अमेरिकी डलर लिलामी गरी विदेशी मुद्राको तुलनामा राष्ट्रिय मुद्राको मूल्यलाई स्थिर राख्ने प्रयास गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘रोयल्टी बाँडफाँटका सूचकलाई परिवर्तन गर्नुपर्छ’
- व्यवसाय गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह
- पशुपति क्षेत्रमा माछामासु मदिरा र नशालु पदार्थ निषेध
- समसामयिक राजनीतिक व्यङ्ग्य
- साढे दुई करोड नाघ्यो मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या
- अन्तःशुल्क स्टिकर खरिद प्रकरणमा विकल र सफललाई आठ वर्ष कैद हुने
- प्रधानमन्त्रीको चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- सामाजिक सुरक्षा कोषमा ६८ अर्ब सङ्कलन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया