Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोभिडले चिनियाँ अर्थतन्त्रमा संकुचन

कोभिडले चिनियाँ अर्थतन्त्रमा संकुचन


बेइजिङ । चीनको अर्थतन्त्रमा संकुचन आएको छ । यो वर्षको दोस्रो त्रैमासिकमा चिनियाँ अर्थतन्त्रमा संकुचन देखिएको हो । खासगरी कोरोना संक्रमणका कारण गरिएको लकडाउनले व्यवसाय र उपभोक्तामा असर गर्दा त्यसको प्रभाव अर्थतन्त्रमा देखिएको बताइएको छ ।

अघिल्लो त्रैमासिकको तुलनामा जुनसम्मको तीन महिनामा कुल गार्हस्थ्य उत्पादनमा २.६ प्रतिशतले घटेको छ । चीनका मुख्य सहरहरु सांघाईलगायतमा पूर्ण र आंशिक लकडाउन गरिएको थियो । चीनले शून्य कोभिड नीति अख्तियार गरेको थियो । वार्षिक आधारमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा अप्रिल–जुनमा शून्य दशमलव चार प्रतिशतले वृद्धि भएको छ । अर्थशास्त्रीहरुले भने एक प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेका थिए ।

अक्सफोर्ड इकोनोमिक्सका वरिष्ठ अर्थशास्त्री टमी वुका अनुसार दोस्रो त्रैमासिकको जीडीपी वृद्धिदर महामारी सुरु भएयताकै खराब हो । खासगरी सांघाईमा यो त्रैमासिकको सुरुदेखि नै आर्थिक गतिविधिमा असर गरेको थियो । चीनमा व्यवसाय गर्ने धेरै कम्पनीहरुलाई चीनको शून्य कोभिड नीतिले असर गरेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x