Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसात अर्ब रोक्का डलर फुकुवा गर्न अमेरिकालाई अफगानिस्तानको आग्रह

सात अर्ब रोक्का डलर फुकुवा गर्न अमेरिकालाई अफगानिस्तानको आग्रह


काबुल । अफगानिस्तानले आफ्नो सात अर्ब अमेरिकी डलर सम्पत्तिमाथि लगाइएको प्रतिबन्ध अन्यायपूर्ण भएको बताउँदै अमेरिकालाई उक्त सम्पत्ति फुकुवा गर्न आह्वान गरेको छ ।

अफगानिस्तानको खोस्ट प्रान्तमा भएको एक भेलालाई सम्बोधन गर्दै हक्कानीले ‘अफगानिस्तानबाट ‘पश्चिमी प्रभाव’ हटाइएमा स्वतस्फुर्तरूपमा मुलुकमा समावेशी सरकार गठन हुने बताएको टोलो न्यूजले जनाएको छ । हक्कानीले भने, ‘के तिनीहरूले विगत २० वर्षमा केही उपलब्धि हासिल गरे? अब, तिनीहरूले अफगानीहरूको सम्पत्ति रोक्का गरेका छन् र निश्चित संख्यामा मानिसहरूको बदला लिएका छन् ।’

हक्कानीले अफगानीहरूले २० वर्षसम्म अमेरिकाको विरुद्धमा लडेको जनाउँदै समावेशी सरकार गठनका लागि लामो समय लाग्ने बताए । मुलुकले पहिचानको पर्खाइमा बस्नु नपर्ने र आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ थियो । देशले अन्य कुनै पनि मुलुकका लागि खतरा उत्पन्न गर्ने छैन र तिनीहरूबाट पनि यस्तै सहभागिता मागेको हक्कानीले बताए ।

उनले थपे, ‘हामी पाकिस्तान, इरान, चीन वा अरू कसैको विरोध गर्छौं भन्दैनौँ । हामी अफगानीहरूले हाम्रो परीक्षण गरेका छौँ र हामी उनीहरूलाई आश्वासन दिन्छौँ कि हाम्रो पक्षबाट कुनै खतरा हुनेछैन तर हामी त्यस्तै सहभागिता माग्छौँ ।’ आन्तरिक मन्त्रीले राष्ट्रलाई एकताबद्ध रहन र एकअर्कालाई स्वीकार्न आग्रह पनि गरेका छन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x