Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररूस छोड्नुअघि सबै सम्पत्ति बिक्री गर्दै एचएन्डएम

रूस छोड्नुअघि सबै सम्पत्ति बिक्री गर्दै एचएन्डएम


मस्को । कपडाको संसारकै दोस्रो ठूलो खुद्रा बिक्रेता एचएन्डएमले रुस छाड्ने भएको छ । रुस छाड्ने भए पनि अस्थायी रुपमा केही समय आफ्ना पसलहरु सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

सबै सम्पत्ति बिक्री नहुन्जेल उसले पसलहरु सञ्चालन गर्ने भएको हो । युक्रेन युद्धका कारण रुसमा व्यवसायलाई निरन्तरता दिन नसकिने भएकाले रुसबाट बाहिरिन लागेको कम्पनीले उल्लेख गरेको छ । कम्पनीले गत मार्चमा आफ्ना सबै बिक्री निलम्बन गरेको थियो । फेब्रुअरीको अन्तिम हप्तातिर रुसले युक्रेनमाथि सैन्य आक्रमण थालेको थियो । उक्त आक्रमण अझै पनि रोकिएको छैन ।

एचएन्डएमका रुसमा डेढ सय स्टोरहरु र छ हजार कर्मचारी रहेका छन् । ठ्याक्कै यही समय र मितिमा रुस छाड्ने भन्ने निक्र्योल भने कम्पनीले गरेको छैन । ‘होसियारीपूर्वक विचार गरेपछि हामीले अहिलेकै अवस्थामा यहाँ व्यवसाय गर्न असम्भवप्रायः देख्यौँ’, कम्पनीकी प्रमुख कार्यकारी हेलिना हेल्मरसनले भनिन् ।

उनले रुस छाड्दा आफ्ना सहकर्मी साथीलाई पर्ने प्रभावबारे दुःख पनि व्यक्त गरिन् । उनीहरुप्रति कृतज्ञ रहेको जनाउँदै उनले ग्राहकलार्य पनि यतिका वर्ष व्यवसायमा साथ दिएकोमा धन्यवाद व्यक्त गरिन् । एचएन्डएम रुस छाड्ने धेरै ब्रान्डहरुमध्ये एक हो । बितेका महिना धेरै कम्पनीहरुले रुसी व्यवसाय बन्द गरेका थिए । पश्चिमा देशले रुसमाथि प्रतिबन्ध लगाएपछि कम्पनीहरुले रुस छोड्न सुरु गरेका थिए । केही कम्पनीहरुले युक्रेनमाथिको ज्यादती असह्य भन्दै रुस छोडेका थिए ।

रुस एचएन्डएमको छैठौँ ठूलो बजार रहेको थियो । सन् २०२१ को चौथो त्रैमासिकमा ग्रुप सेलको चार प्रतिशतजति रुसले ओगटेको थियो । सन् २००९ मा व्यवसाय सुरु गरेको कम्पनीले क्रमशः त्यसलाई विस्तार गरिरहेको थियो । एचएन्डएम बाहिरिँदा यसको सञ्चालक ग्रुपलाई दुई अर्ब स्विडिश क्रोन अर्थात् १६ करोड पाउन्ड स्टर्लिङ घाटा हुने बीबीसीले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x