Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकामा संकटकाल

श्रीलंकामा संकटकाल


कोलम्बो । श्रीलंकामा संकटकालको घोषणा गरिएको छ । श्रीलंकाका कार्यवाहक राष्ट्रपतिले सोमबार संकटकालको घोषणा गरेका हुन् । उनले सोमबारबाट लागू हुने गरी श्रीलंकामा संकटकालको घोषणा गरेका छन् ।

श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिव विक्रमासिंघले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा यहाँका नागरिकहरुका लागि अत्यावश्यकीय सेवाको आपूर्ति गर्नका लागि संकटकालको घोषणा गर्न आवश्यक रहेको बताएका थिए । सोहीबमोजिम राष्ट्रपति विक्रमासिंघेले सोमबार एक विशेष सूचनामार्फत देशव्यापी रुपमा सोमबारदेखि नै लागू हुने गरी संकटकालको घोषणा गरेको बताइएको हो ।

उता श्रीलंकाली संसदले यही जुलाई २० मा नयाँ राष्ट्रपतिको निर्वाचन गर्ने भएको छ । जुलाई २० मा यहाँको संसदले नयाँ राष्ट्रपतिको निर्वाचन गर्न लागेको र त्यसका लागि मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको जानकारी सभामुखले यसअघि नै दिएका छन् । यहाँका राष्ट्रपति गोटाबाया राजपाक्ष भागेर सिंगापुर पुगेका छन् । त्यसपछि यहाँको कार्यवाहक राष्ट्रपतिमा प्रधानमन्त्री रनिल विक्रमासिंघे नियुक्त भएका हुन् ।

श्रीलंका पछिल्लो समयमा आर्थिक संकटमा फसेको छ । देश आर्थिक संकटमा फसेसँगै यहाँको राजनीतिक अस्थिरतामा पनि थप बढ्दै गएको बताइएको छ । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x