Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीन–पाकिस्तान आर्थिक करिडोर अफगानिस्तानसम्म विस्तार गर्ने योजना

चीन–पाकिस्तान आर्थिक करिडोर अफगानिस्तानसम्म विस्तार गर्ने योजना


इस्लामावाद । चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी)लाई अफगानिस्तानसम्म विस्तार गर्नेबारे पाकिस्तान र चीनले विचारविमर्श थालेका छन् ।

पाकिस्तानका विदेश सचिव सोहेल महमुद र अफगानिस्तानका लागि चीनका विशेष दूत यु सियाओयोङबीचको भेटवार्तामा क्षेत्रीय सम्पर्क सञ्जाल विस्तारका साथै आर्थिक विकासका निम्ति सीपीईसीलाई अफगानिस्तानसम्म विस्तार गर्नेबारे विचार आदानप्रदान गरेका थिए ।

सीपीईसी चीनको विशाल परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’को एउटा भाग हो । यो परियोजनाको मुख्य उद्देश्य दक्षिण–पूर्वी एशियाका तटीय देशमा ऐतिहासिक व्यापार मार्गलाई पुनः सञ्चालन गर्ने हो । विश्लेषकहरू चीन र पाकिस्तानको यो योजना भारतको लागि सुरक्षा चिन्ताको विषय हुनसक्ने टिप्पणी गरेका छन् ।

दुवै पक्षले अफगानिस्तानको राजनीतिक एवम् सुरक्षा अवस्था, अफगानिस्तानलाई पाकिस्तान र चीनले गरेको मानवीय सहायता र आपसी हितका अन्य विषयमा विचारविमर्श भएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।

सन् २०१५ मा चीनले ४६ अर्ब अमेरिकी डलरको उक्त परियोजना घोषणा गरेको हो । परियोजनाले अरब सागरमा रहेको बलुचिस्तानको पाकिस्तानको दक्षिणी ग्वादर बन्दरगाहलाई चीनको पश्चिमी सिनजियाङ क्षेत्रसँग जोड्ने छ । परियोजनामा चीन र मध्यपूर्वका मुलुकमा सम्पर्क विस्तारका साथै सडक, रेल र तेलका पाइपलाइन सञ्जाललाई समावेश गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x