गर्मी बढेपछि बेलायतमा सनस्क्रिन र आइसक्रिमको बिक्री ह्वात्तै बढ्यो
लण्डन । बेलायतमा घाममा निस्किँदा लगाउने सनस्क्रिन क्रिम र खाद्यवस्तु आइसक्रिमको बिक्री ह्वात्तै बढेको छ ।
तातो हावा कीर्तिमानी हिसाबले वहनथालेपछि मानिसहरु गर्मीको मारमा परेका छन् । सूर्यकिरणबाट छाला जोगाउने क्रिमको बिक्री ६६ प्रतिशतले र आइसक्रिमको बिक्री १४ प्रतिशतले बढेको बताइएको छ । बीबीसीका अनुसार जुलाई १० सम्मको चार हप्तामा बिक्री ह्वात्तै बढेको हो ।
यसबाहेक मानिसहरुले धेरै लाख पाउन्ड पंखा, प्याडलिङ पुलहरु र पानीका बोटलमा खर्च गरेका छन् । बेलायतमा अहिले तापक्रम अहिलेसम्मकै धेरै पुगेको छ । तर किराना वस्तुहरुको मूल्य पनि झण्डै झण्डै कीर्तिमानको नजिक रहेको बताइएको छ । खाद्य बिलहरु यो वर्ष चार सय ५४ पाउन्डले बढ्ने बजार अनुसन्धाता कम्पनी कान्तारले जनाएको छ ।
मंगलबार बेलायतमा तापक्रम ४०.२ डिग्री सेल्सियस पुगेको थियो । लन्डनको हिथ्रोमा गरिएको यो तापक्रम अहिलेसम्मकै पहिलो हो । तर केही स्थानमा भने ४२ डिग्री सेल्सियससम्म तापक्रम मापन भएको बताइएको छ । यसअघि सन् २०१९ को जुलाईमा यस्तै तातो हावाको लहर चलेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया