Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमसिंघे निर्वाचित

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमसिंघे निर्वाचित


कोलम्बो । देशको नयाँ राष्ट्रपतिमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिंघे निर्वाचित भएका छन् । संसद्मा बुधबार भएको राष्ट्रपतीय निर्वाचनमा एक सय ३४ मतका साथ उनी विजयी भएका हुन् ।

सभामुख महिन्दा यापा अबेवर्देनाले सदनलाई निर्वाचन परिणाम सुनाउँदै विक्रमसिंघेका मुख्य प्रतिद्वन्द्वी एसएलपीपीका सांसद दुल्लस अलाहापेरुमाले ८२ मत र नेसनल पिपल्स पावर (एनपीपी)की नेत्री अनुरा कुमारा दिसानायकेले तीन भोट पाएका बताए ।

श्रीलंकाको प्रधानमन्त्रीका रूपमा छ पटक सेवा गरेका नवनिर्वाचित राष्ट्रपति विक्रमसिंघेले अति कठिन परिस्थितिमा रहेको देशलाई गम्भीर आर्थिक संकटबाट बाहिर निकाल्न आफूले धेरै चुनौतीको सामना गर्नुपर्ने बताएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x