पाकिस्तानमा १३ जनामा भेटियो पोलियो संक्रमण
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त मा १८ महिने बालकमा जंगली पोलियोभाइरसका कारण पक्षाघात भएको पुष्टि भएको छ । नेसनल इन्स्टिच्यूट अफ हेल्थले शुक्रबार सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार यस वर्ष मुलुकमा पोलियोको रोगीको संख्या १३ पुगेको छ ।
पाकिस्तानमा यो वर्ष देखिएका प्रायः सबै पोलियोका विरामी उत्तर पश्चिमी पाकिस्तानका रहेका बताइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने यो क्षेत्रमा पोलियोे भाइरस संक्रमितको संख्या उल्लेख्य रहेको बताए । सरकारले पोलियो उन्मूलनको सुनिश्चितताका लागि व्यावहारिक कदम चालिरहेको छ । आवश्यकताका आधारमा जिल्लाहरुमा आकस्मिक रूपमा पोलियो खोपको सुविधा दिँदै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खैबर पख्तुनख्वाको दक्षिणी क्षेत्रमा अगस्तको मध्यतिर पोलियो अभियान सुरु गरिने पनि मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया