Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकाका राष्ट्रपतिद्वारा इन्धन वितरणलाई प्राथमिकतामा राख्न निर्देशन

श्रीलंकाका राष्ट्रपतिद्वारा इन्धन वितरणलाई प्राथमिकतामा राख्न निर्देशन


कोलम्बो । श्रीलंकाका राष्ट्रपति रानिल विक्रेमेसिंगेले इन्धन वितरण प्रक्रियालाई गति प्रदान गर्न र स्कूल र सार्वजनिक यातायातको लागि इन्धन उपलब्ध गराउनमा ध्यान केन्द्रित गर्न शनिबार सरकारलाई निर्देशन दिएका छन् ।

सिन्ह्वाका अनुसार वरिष्ठ सरकारी अधिकारीलाई राष्ट्रको राजनीतिक गतिरोध तोड्न आ–आफ्नो स्थानबाट जिम्मेवारीवोध गर्न निर्देशन दिएका हुन् । सञ्चालित सबै इन्धन डिपोबाट विद्यार्थी ओसारपसार गर्ने गाडीहरूमा इन्धन उपलब्ध गराउने आदेश दिएका हुन् ।

इन्धन अभावका कारण केही हप्ता बन्द भएपछि विद्यालय पुनः सञ्चालन हुने भएकाले मुलुकमा इन्धन संकट समाधान गर्न बैठकमा निर्देशन दिइएको थियो । माझी, किसान र पर्यटन क्षेत्रमा लागेकालाई पनि पर्याप्त मात्रामा इन्धन उपलब्ध गराउनुपर्ने राष्ट्रपतिले बताए ।

विक्रमसिंगेले मुलुकको इन्धन कालोबजारी तत्काल समाधान गर्नुपर्ने बताउँदै प्रहरीलाई अनुसन्धान अघि बढाउन निर्देशन दिए । श्रीलंकाले विदेशी मुद्रा अभावका कारण यस वर्षको सुरुदेखि नै इन्धन अभावको सामना गर्दै आएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x