Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमंकीपक्सका बिरामी पनि भेटिए

मंकीपक्सका बिरामी पनि भेटिए


भारत । नयाँ दिल्लीमा मंकीपक्सका एक जना बिरामी फेला परेका छन् । राजधानी सहरमा यो रोगका बिरामी पहिलोटक भेटिएका हुन् । योसँगै मंकीपक्सका लागेका बिरामीको संख्या चार पुगेको छ ।

यसअघि दक्षिणी राज्य केरलामा तीन जनामा यो रोग लागेको पुष्टि भएको थियो । आइतबार रोग पुष्टि भएका बिरामीलाई सरकारी अस्पताल भर्ना गरिएको छ । उनले यसअघि कुनै देशको यात्रा गरेका थिएनन् । अस्पतालका अनुसार बिरामीलाई ज्वरो र छालामा घाउ देखिएको भए पनि अवस्था स्थिर छ । यसअघि रोग पुष्टि भएका बिरामी विदेशबाट आएका थिए ।

विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई अन्तर्राष्ट्रिय स्वास्थ्य चिन्ताको विषय बनेको बताउँदै शनिबार विश्वव्यापी जनस्वास्थ्य आपत्कालीन घोषणा गरेको थियो । उक्त संगठनका अनुसार यो रोग संक्रमित जनावरबाट अप्रत्यक्ष वा प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्छ जसले छालामा खटिराजस्ता देखिने घाउ बनाउँछ । हालसम्म विश्वका ७५ देशमा मंकीपक्सका १६ हजारभन्दा बढी बिरामी भेटिएका छन् भने पाँच जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x