Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएकै दिन २० हजार संक्रमित भेटिए

एकै दिन २० हजार संक्रमित भेटिए


नयाँ दिल्ली । बितेका २४ घण्टामा भारतका विभिन्न भागमा २० हजार दुई सय ७९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ । यसअघि भारतमा लगातार तीन दिनसम्म संक्रमितको संख्या २१ हजारभन्दा माथि पुगेको थियो ।

हाल भारतमा कोरोना संक्रमितको संख्या चार करोड ३८ लाख ८८ हजार पुगेको छ भने एक लाख ५२ हजार दुई सय सक्रिय संक्रमित छन् । सोही अवधिमा १८ हजार एक सय ४३ संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त भएकाको संख्या चार करोड ३२ लाख १० हजार पाँच सय २२ पुगेको छ ।

मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना संक्रमणबाट ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट पाँच लाख २६ हजार ३३ जनाको मृत्यु भएको छ । महामारी सुरु भएयता ८६ करोड ८९ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९विरुद्ध खोप अभियान जारी छ । सोहीक्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x