Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा वर्षा र बाढीका घटनामा १०० जनाको मृत्यु, ५७ घाइते

पाकिस्तानमा वर्षा र बाढीका घटनामा १०० जनाको मृत्यु, ५७ घाइते


इस्लामाबाद । भारी वर्षाका कारण पाकिस्तानमा सय जनाको मृत्यु भएको छ भने अन्य ५७ जना घाइते भएका छन्  । देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आएको भारी वर्षा र बाढीले अन्य थुप्रै विस्थापित भएका छन् ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार सो प्रान्तमा हालैको भारी वर्षाका कारण जम्मा छ हजार ६३ घर भत्किएका छन् भने पाँच सय ५० किलोमिटर सडक ट्र्याक भत्किएको छ ।

त्यसैगरी भारी वर्षाका कारण सात सय १२ भन्दा बढी जनावरको ज्यान गएको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्रदेशमा अझै भारी वर्षा हुने पूर्वानुमान सँगै सरकारले एक महिनाका लागि आपत्कालीन धारा एक सय ४४ लागू गरेको थियो ।
सो धारा लागू भएसँगै मानिसहरूलाई नदी, बाँध र अन्य जलाधार क्षेत्रमा बनभोज लगायातका अन्य मनोरञ्जनात्मक जमघट गर्न र पौडी खेल्न प्रतिबन्ध लगाएको छ  ।

साथै एनडीएमएले प्रदेशको प्रभावित क्षेत्रमा राहत सामग्री उपलब्ध गराएको छ । हालैको अविरल वर्षाका कारण दुई हजार पाँच सयभन्दा बढी घर पूर्णरूपमा र एक हजार चार सय १७ घरमा आंशिक क्षति पुगेको पीडीएमएको प्रतिवेदनले उल्लेख गरेको छ ।

यसअघि पाकिस्तानको मौसम विभागले शुक्रबारदेखि मङ्गलबारसम्म प्रान्तका विभिन्न जिल्लामा थप भारी वर्षा हुने पूर्वानुमान गर्दै सबै सम्बन्धित निकायलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउँन सुझाव दिएको थियो । पछिल्ला केही दिनयता पाकिस्तानमा भारी वर्षाका कारण विद्युतीय करेन्ट लागेका थुप्रै घटनाहरू सार्वजनिक भएका छन् ।

वर्षाको पानी मुख्य सडकमा जम्मा भई सवारी आवागमनमा समस्या भएको छ भने जम्मा भएको पानीले धेरै सवारीसाधनहरू बिग्रिएको अवस्थामा छन् । अविरल वर्षाले थुप्रै घर र गाउँ डुबानमा परेका छन् भने विभिन्न बाली र पूर्वाधारमा व्यापक क्षति पुगेको छ । सडक भत्किएसँगै दुर्गम क्षेत्रहरूसँगको सम्बन्ध र सम्पर्क समेत विच्छेद भएको छ । रासस/एएनआई


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x