Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुरोपमा ११ वर्षयता पहिलोपटक बढ्यो ब्याजदर

युरोपमा ११ वर्षयता पहिलोपटक बढ्यो ब्याजदर


ब्रसेल्स । युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले ११ वर्षयता पहिलोपटक ब्याजदर बढाएको छ । बढ्दो महंगी रोक्न ईसीबीले ब्याजदर बढाएको हो । ईसीबीले शून्य दशमलव पाँच प्रतिशतले मुख्य ब्याजदर बढाएर शून्य दशमलव शून्य प्रतिशत पु-याएको बीबीसीले जनाएको छ । यो वर्ष अरु थप वृद्धि हुनसक्ने बैंकले जनाएको छ । सन् २०१४ यता उक्त दर ऋणात्मक रहेको थियो ।

यस क्षेत्रको आर्थिक वृद्धिलाई बढाउन यसो गरिएको बताइएको छ । तर उपभोक्ता मूल्य भने बितेको १२ महिनामा कीर्तिमानी दरमा ८.६ प्रतिशतले बढेको छ । जुनसम्मको उक्त अवधिमा खाद्य, इन्धन र ऊर्जाजन्य मूल्यवृद्धि आकाशिएको छ । यी सबै बैंकको दुई प्रतिशतको लक्ष्यभन्दा धेरै माथि हो ।

यसअघि बैंक अफ इंग्ल्यान्ड र अमेरिकी फेडेरल रिजर्भले पनि ब्याजदर बढाएका थिए । यी सबैले मूल्यवृद्धि रोक्न ब्याजदर बढाएका हुन् । अहिले युरोपमा महंगी ह्वात्तै बढ्दा पोहोर पाँच सेन्टमा आउने एक बोटल दूधलाई अहिले एक युरो तिर्नुपर्ने भएको छ । दूधमा अहिले मूल्यवृद्धि पाँच प्रतिशतले बढेको बताइएको छ । युक्रेन युद्ध र कोभिडले आपूर्ति शृंखलामा समस्या ल्याउँदा संसारभर नै दैनिक लागत आकाशिएको छ । यसले घरपरिवारलाई दबाब सिर्जना गरेको छ ।

युरोजोन ग्यास र तेलमा धेरै रुसमा निर्भर छ । मस्कोले ग्यास आपूर्ति बन्द गर्नसक्ने भयमा रहेको ईयूले सदस्यराष्ट्रलाई आपूर्ति चुस्त राख्न आग्रह गरिरहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x