Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकुमारी जबको ‘फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स’ तालिम

कुमारी जबको ‘फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स’ तालिम


काठमाडौं । कुमारी जबले पूर्वमिस नेपाल तथा मेडिया पर्सन एवम् ट्रेनर सुगारिका केसी लगायत अन्य दक्ष प्रशिक्षकहरुको साथमा “फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स” तालिम सञ्चालन गरेको छ ।

कुमारी जबका म्यानेजिङ डिरेक्टर सन्देश भण्डारीले काठमाडौँलगायत विराटनगर, पोखरा, बुटवल तथा नेपालका विभिन्न सहरहरुमा ठुला–ठुला व्यापारिक संस्थाहरु खोल्ने एवम् शाखा विस्तार गर्ने काम भइरहेको र ती संस्थाहरुमा योग्य र तालिमप्राप्त उम्मेदवारहरुको उच्च माग रहेकोले तालिम सञ्चालन गरेको जानकारी दिए । यस तालिममा सहभागी सम्पूर्णले कामको लागि आवश्यक ज्ञान र सीपहरु सिक्ने उनको भनाइ छ ।

फ्रन्ट अफिस र सेक्रेटरियल विभागमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरुको लागि यो तालिम अत्यन्तै उपयोगी हुने बताइएको छ । रिसेप्सनिस्ट्, पर्सनल् असिस्टान्ट, सेक्रेटरी लगायत अन्य विभिन्न कामको खोजीमा रहेका व्यक्तिहरुको लागि यो तालिम कोशेढुङ्गा साबित हुनेछ । आईतवारबाट सुरु भएको तालिम १२ दिनको हुनेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x