Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी कारखानामा हुन्डाईले बाल मजदुर राखेको आरोप

अमेरिकी कारखानामा हुन्डाईले बाल मजदुर राखेको आरोप


अलाबामा । हुन्डाई मोटर्सको सब्सिडरी कम्पनीले अमेरिकास्थित कारखानामा बाल मजदुर राखेको आरोप लागेको छ । कोरियाली कार उत्पादकको मोन्टगोमरी, अलाबामामा रहेको एसेम्बली लाइनमा रहेको प्लान्टले बाल मजदुर प्रयोग गरेको आरोप लागेको हो । त्यो प्लान्टले पार्टपुर्जा आपूर्ति गर्छ ।

उक्त क्षेत्रको प्रहरीलाई उद्धृत गरी रोयटर्सले लेखेको समाचारमा कम उमेरका तीन बाल मजदुरका परिवार, आठ पूर्व र अहिलेका सोही कारखानाका कामदारहरुले यसको पुष्टि गरेको बताइएको छ । केहीको उमेर त १२ वर्षसम्म रहेको पनि उल्लेख गरिएको छ । उक्त प्लान्ट स्मार्ट अलाबामा एलएलसी ले सञ्चालन गर्छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x