Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटर्कीले अवैध अफगान आप्रवासीहरूलाई काबुल फर्काउने

टर्कीले अवैध अफगान आप्रवासीहरूलाई काबुल फर्काउने


इस्तानबुल । टर्कीले जबर्जस्ती देश निकाला गरेपछि २१५ कागजातविहीन अवैध अफगान आप्रवासीहरूलाई इस्तानबुलबाट काबुल पठाउने भएको छ । अवैध आप्रवासीहरूलाई उत्तरपश्चिम टर्कीको इडिर्नबाट इस्तानबुलमा सारिएको थियो । खामा प्रेसले टर्कीको राज्य–संचालित एनाटोलियन एजेन्सीलाई उद्धृत गर्दै सो बारे जानकारी दिएको छ ।

टर्की माइग्रेसन म्यानेजमेन्ट डाइरेक्टरेटको प्रतिवेदन अनुसार सन् २०२२ को सुरुदेखि टर्कीका अधिकारीहरूले लगभग २८ हजार कागजातविहीन आप्रवासीहरूलाई टर्कीबाट निर्वासित गरेका छन् । यो आँकडामा यस्ता घटना सन् २०२१ देखि ७० प्रतिशतले वृद्धि भएको देखाउँछ ।

टर्की गृह मन्त्रालयका अनुसार जनवरी २७ बाट अफगानिस्तानका लागि उडान सुरु भएदेखि टर्कीले १८ हजार दुई सय ५६ भन्दा बढी अफगान नागरिकलाई अफगानिस्तान पठाएको छ ।

अनियमित आप्रवासीहरूले गैरकानुनी रूपमा देशमा प्रवेश गरेको, भिसा र रेसिडेन्सी कानुन तोडेको, अनुमति बिना काम गरेको, विभिन्न किसिमका ठगीका घटनामा संलग्न रहेको र सार्वजनिक सुरक्षालाई खतरामा पारेको आप्रवासन व्यवस्थापन निर्देशनालयले एक विज्ञप्तिमार्फत जनाएको छ । रासस/एएनआई


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x