Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोइला संकटमा अदानीलाई दुवै हातमा लड्डु

कोइला संकटमा अदानीलाई दुवै हातमा लड्डु


नयाँ दिल्ली । भारतमा कोइला संकट चलिरहेको छ भने यसलाई टार्न विदेशबाट कोइलाको आयात गर्नुपरिरहेको छ । ब्लुमबर्गको एक रिपोर्टमा भने भारत र एसियाकै सबैभन्दा धनी गौतम अदानीलाई यही कारण फाइदा मिलिरहेको उल्लेख गरिएको छ । सरकारी कम्पनी एनटीपीसीले दुई करोड टन कोइलाको आयात गर्न अर्डर दिएको छ । यसमा एक करोड ७३ लाख टन कोइलाको अर्डर अदानी ग्रुपको फ्ल्यागशिप कम्पनी अदानी इन्टरप्राइजेज लिमिटेडलाई मिलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एनटीपीसीलाई यो वर्ष अहिलेसम्म ७० लाख टन विदेशी कोइला मिलिसकेको छ । यो मामिलामा अदानी ग्रुप र एनटीपीसीले तत्काल कुनै प्रतिक्रिया भने दिएको छैन । भीषण गर्मी र कोरोनाको महामारी कम हुँदा औद्योगिक गतिविधि बढेसँगै भारतमा बिजुलीको माग कीर्तिमानी स्तरमा पुगेको छ । त्यहीबेला कोइला कम हुँदा सरकारले कम्पनीहरुलाई कोइला आयात गर्न लगाएको हो । कोल इन्डियाले जुनमा कोइलाको आयातको लागि टेन्डर निकालेको थियो । जुन कम्पनीको पहिलो टेन्डर थियो ।

ब्लुमबर्ग इन्टेलिजेन्स एनालिस्ट डेनिस वङले सोमबार एक नोटमा भनेका छन् । कोइला आयातमा बढोत्तरी हुँदा अदानीको पोर्ट कम्पनीलाई फाइदा भएको छ । जुन त्रैमासिकमा उसको राजस्व समेत बढ्नसक्नेछ । बिजुली बनाउने कम्पनीसँगै फिक्स्ड कन्ट्राक्ट्स र स्टङ ट्रान्सपोर्टेसन नेटवर्कको कारण कम्पनी यसको फाइदा उठाउने स्थितिमा आइपुगेको हो । आयातको कारण पावरप्लान्टमा कोइलाको भण्डारमा पछिल्लो एक महिनामा करिब ११ प्रतिशत बढोत्तरी भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x