Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगुगलका सहसंस्थापककी श्रीमतीसँगको सम्बन्ध मस्कले अस्वीकार गरे

गुगलका सहसंस्थापककी श्रीमतीसँगको सम्बन्ध मस्कले अस्वीकार गरे


अमेरिका । टेस्लाका मालिक इलोन मस्कले निकोल शानहानसँग कुनै पनि सम्बन्ध नरहेको बताएका छन् । निकोल गुगलका सहसंस्थापक सर्जेई ब्रिनकी श्रीमती हुन् । मस्कसँगको सम्बन्धकै कारण सर्जेईको श्रीमतीसँग सम्बन्धविच्छेद भएको समाचार वाल स्ट्रिट जर्नलमा छापिएको थियो । सोही सम्बन्धका कारण ब्रिनसँगको मित्रता समेत टुंगिएको समाचारमा उल्लेख गरिएको थियो । उनले उक्त समाचारलाई झूठो भनेका छन् । मस्कले ब्रिनसँग अझै पनि आफ्नो मित्रता रहेको दाबी गरेका छन् । गत राति मात्रै ब्रिनसँग सँगै पार्टी गरेको ट्विटरमा उनले खुलाएका छन् ।

समाचारमा भने मस्क गत वर्ष निकोलसँग जोडिएको बताइएको थियो । सर्जेईले यही कारण अघिल्लो वर्ष सम्बन्धविच्छेद गर्नुपरेको दाबी गरिएको थियो । मस्क र सर्जेई दुवै प्रविधि क्षेत्रका धनाढ्य हुन् । मस्क र निकोलको सम्बन्ध रहेको भनिएका बेला डिसेम्बरमा सर्जेई र उनको श्रीमतीबीच सम्बन्धविच्छेद भएको थियो । तर अहिले पनि उनीहरु सँगै बसिरहेको जर्नलले जनाएको छ । ब्रिन र शानहानले अहिले सम्बन्धविच्छेदलाई अन्तिम रुप दिइरहेका छन् । यो डिभोर्स एक अर्ब डलरबराबरको हुने बताइएको छ । यो दम्पती चार वर्ष सँगै रहेको थियो । निकोल कानुनी प्रविधि कम्पनी क्लियरएक्सेसआईपीकी संस्थापक तथा क्यालिफोर्नियाकी अधिवक्ता हुन् । उनको बाया इको फाउन्डेसन पनि छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x