Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारतटीय जंगलको संरक्षण गर्न ७० लाख रुख रोप्दै मलेसिया

तटीय जंगलको संरक्षण गर्न ७० लाख रुख रोप्दै मलेसिया


क्वालालम्पुर । मलेसियामा समुद्री दलदलयुक्त वन र पारिस्थितिकीय प्रणाली संरक्षणको प्रयासस्वरुप ७० लाखभन्दा बढी म्यानग्रोभ रूखहरू रोप्न लागिएको छ ।

सिन्ह्वाका अनुसार यो कदमले तटीय क्षेत्रहरूमा द्रुतरूपमा जारी विकासको प्रभावलाई कम गर्न र तटीय क्षेत्रको छेउमा बसोबास गर्ने समुदायहरूको सुरक्षा गर्न महत्वपूर्ण सहयोग पु¥याउने ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री तकीयुद्दीन हसनले बताएका छन् । म्यान्ग्रोभ इकोसिस्टमको संरक्षणको लागि अन्तर्राष्ट्रिय दिवसमा जारी गरिएको विज्ञप्तिमार्फत उनले यस विषयमा थप प्रकाश पारेका छन् ।

‘देशको समुद्री दलदल वनको संरक्षणको प्रयासमा थुप्रै चुनौतीहरू छन् । मलेसिया द्रुत विकासशील देश हो जहाँ तटीय क्षेत्रहरूमा विकास, जलचर र कृषिको विकास र विस्तार तीव्ररूपमा भइरहेको छ’, उनले भने ।

समुद्री दलदल वन क्षेत्रको क्षतिले स्थानीय समुदायको जनजीवनमा प्रत्यक्ष असर मात्र गर्दैन त्यसले हानीकारक कार्बन सोस्ने लगायात अन्य थुप्रै किसिमका कामहरुमा असरहरू गर्ने गर्दछ, विज्ञयप्तिमा भनिएको छ ।

गत जुन ३० सम्ममा तीन हजार दुई सय हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षरोपण गरिएको छ । साथै सरकारले तटीय वन स्रोतको सफल उपयोग, संरक्षण र व्यवस्थापनका लागि दोस्रो राष्ट्रिय तटीय क्षेत्र भौतिक योजना कार्यान्वयन गरिरहेको समेत मन्त्री तकियाउद्दीनले बताएका छन् । ‘तटीय दलदलयुक्त वनहरूले तटीय क्षेत्रहरूलाई कटानबाट जोगाउने, तीव्र हावा र समुद्री छालहरूको प्रभावबाट जोगाउने र स्थानीयहरूका लागि आम्दानीको राम्रो स्रोतको रूपमा समुद्री जीवनको प्रसारको लागि उपयुक्त पारिस्थितिकी प्रणाली प्रदान गर्न लगायतको बफर जोनको रूपमा समेत ठूलो भूमिका खेल्छ’, उनले भने ।

त्यसैगरी सरकारले समग्र समाजको दृष्टिकोण राख्दै विभिन्न नागरिक समाज र स्थानीय समुदायसँग घनिष्ट सहकार्य गर्नुका साथै सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायहरूलाई परिचालन गरी काम गरिरहेको पनि मन्त्रीले बताएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x