धनी राष्ट्रमाझ बेलायतको आर्थिक वृद्धि सबैभन्दा सुस्त
लण्डन । सातवता सबल अर्थतन्त्र भएको देशहरुको समूह जी७ माझ बेलायतको आर्थिक वृद्धिदर सबैभन्दा सुस्त हुने भएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले चेतावनी दिँदै बेलायतको अर्थतन्त्र सुस्त हुने बताएको हो ।
कोषका अनुसार बेलायतको अर्थतन्त्र सन् २०२३ मा शून्य दशमलव पाँच प्रतिशतले मात्रै वृद्धि हुने प्रक्षेपण छ । जुन गत अप्रिलमा उसैले गरेको पूर्वानुमानभन्दा कम हो । अप्रिलमा कोषले यस्तो अनुमान १.२ प्रतिशतले वृद्धि हुने गरेको थियो ।
त्यसो त सन् २०२० यता विश्व अर्थतन्त्र पहिलोपटक संकुचित भएको कोषले जनाएको छ । यसमा रुसले युक्रेनविरुद्ध देखाएको दादागिरी र कोभिड १९ मुख्य कारण रहेको पनि औँल्याइएको छ । आईएमएफले विश्व वृद्धिदर सन् २०२२ मा कटौती गर्दै मात्र ३.२ प्रतिशत हुने जनाएको छ । यसमा थप बिग्रिँदो अवस्था रहेको पनि उल्लेख गरिएको छ ।
पछिल्लो समय विश्व अर्थतन्त्रमा हुँदै गएको सुस्ततामा कोषले महंगीलाई पनि कारण मानेको छ । खासगरी घरपरिवारको जीवनयापन लागत वृद्धि र नीतिनिर्माताले गरेको ब्याजदर वृद्धिले पनि यसमा योगदान मिलेको उल्लेख गरिएको छ । जुलाईसम्मको तीन महिनामा पनि विश्व अर्थतन्त्रमा संकुचन देखिएको थियो । जुन कोषले भनेअनुसार कोभिड महामारीपछिको पहिलो संकुचन हो ।
जी७ मा भएका क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, अमेरिका र बेलायत राष्ट्रहरुमा त आर्थिक मन्दीको उत्तिकै सम्भावना रहेको पनि उल्लेख गरिएको छ ।
कोषका अनुसार विकसित अर्थतन्त्रमा महंगी ६.६ प्रतिशतसम्म पुग्न सक्नेछ । त्यस्तै उदाउँदो अर्थतन्त्रमा ९.५ प्रतिशत र विकासोन्मुख अर्थतन्त्रमा शतप्रतिशतले बढ्नसक्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- देशभरको मौसम सफा रहने पूर्वानुमान
- ‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
- मौन अवधि सुरु, के गर्न पाइँदैन ?
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया