Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअफगानिस्तानद्वारा तीन महिनामा चार करोड अमेरिकी डलर बढीको निर्यात

अफगानिस्तानद्वारा तीन महिनामा चार करोड अमेरिकी डलर बढीको निर्यात


काबुल । मार्च २१ देखि सुरु भएको फारसी क्यालेण्डर अनुसार संवत् १४०१ को पहिलो तीन महिनामा अफगान निर्यातको मात्रा चार करोड अमेरिकी डलरभन्दा बढी पुगेको एक स्थानीय सञ्चार माध्यमले बुधबार जनाएको छ ।

टोलोन्युजले अफगानिस्तान चैंबर अफ कमर्स एण्ड इन्भेष्टमेन्ट प्रमुख मोहम्मद योनस मोहम्मदको भनाइ उद्धृत गर्दै बताएअनुसार यस अवधिमा देशले झन्डै १९ हजार टन ताजा फलफूल र करिब १८ लाख टन कोइला निर्यात गरेको छ जसको मूल्य चार करोड अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ ।

ताजा र सुख्खा फलहरू मिलेर बनेको अफगानिस्तानको प्रमुख निर्यात प्रायजसो भारत र पाकिस्तानमा र कोइला पूर्णतया पाकिस्तानमा निर्यात गरिन्छ । अफगानिस्तानले ताजिकिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तानलगायत मध्य एसियाली देशहरूमा आफ्नो निर्यात बढाउने प्रयास गर्दै आएको छ ।

यसैक्रममा अफगान व्यापारीहरूले केन्द्रीय सरकारसँग अवरूद्ध एअर करिडरलाई पुनः सञ्चालनमा ल्याउन र चीन, युरोप र अरब मुलुकमा पुनः निर्यातका लागि गृहकार्य थाल्न माग गर्दै आएका छन् । रिपोर्टअनुसार गत बर्ष अफगानिस्तानको निर्यात एक अर्ब डलरभन्दा बढी पुगेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x