Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकाको संकटकालीन अवस्थाको घोषणा संसद्बाट अनुमोदन

श्रीलंकाको संकटकालीन अवस्थाको घोषणा संसद्बाट अनुमोदन


कोलम्बा । श्रीलंकाको संसद्ले जुलाईको सुरुतिर तत्कालीन कार्यबाहक राष्ट्रपति रनिल विक्रेमासिंगेद्वारा घोषणा गरेको अनिश्चितकालका लागि संकटकालीन अवस्थाको घोषणालाई अनुमोदन गरेको छ ।

बुधबार भएको मतदानमा एक सय २० सांसद्ले संकटकाल अनुमोदनको पक्षमा र ६३ जनाले विपक्षमा मतदान गरेका छन् । सार्वजनिक सुरक्षाको हितका लागि सार्वजनिक सुरक्षा अध्यादेश, सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनरक्षा ऐनअन्तर्गत जुलाई १८ देखि लागू हुने गरी आपत्कालीन अवस्थाको घोषणा कार्यवाहक राष्ट्रपति रहेका समय वर्तमान राष्ट्रपति विक्रमासिंगेले गरेका थिए ।

उक्त घोषणा भएको १४ दिनभित्र संसद्को अनुमोदन प्राप्त नभएमा कानुनी प्रावधानअनुसार त्यसको म्याद समाप्त हुने श्रीलंकाको कानुनी प्रावधान रहेको छ । विक्रमासिंगे २० जुलाईमा भएको संसदीय मतदानबाट श्रीलंकाको कार्यकारी राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यसको एक दिनपछि उनले शपथ लिएका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x