Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबाइडेनको दाबी : अमेरिका मन्दीमा जाँदैन

बाइडेनको दाबी : अमेरिका मन्दीमा जाँदैन


वासिङटन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकाको अर्थतन्त्र मन्दीमा नजाने दाबी गरेका छन् । उनले अमेरिकाले आर्थिक मन्दी भोग्ने कहिल्यै नसोचेको बताएको एएफपीले जनाएको छ । दोस्रो त्रैमासिकमा अर्थतन्त्रमा संकुचन आउने जीडीपी तथ्यांकका बाबजुद बाइडेनले त्यसो नहुने उल्लेख गरेका छन् ।

‘हामी मेरो विचारमा मन्दीमा जानेछैनौँ’, रिपोर्टरहरुसँग उनले भने । उनले रोजगारीको तथ्यांक बलियो रहेको बताउँदै यसको साटो बरु तीव्र वृद्धिदरबाट केही कम हुनसक्ने बताए । त्यसो त धेरै अमेरिकी अधिकारीहरुले मन्दीको डर नकारेका छन् । पछिल्ला तथ्यांकले पनि अमेरिकाको जीडीपी दोस्रो त्रैमासिकमा खुम्चिने देखाएको छ । पहिलो तीन महिनामा १.६ प्रतिशत कमी आएको थियो । तर अर्थशास्त्रीहरुले वृद्धि हुने नै अनुमान गरिरहेका छन् । पहिलो त्रैमासिकको संकुचन २०२० यताकै पहिलो र सोचेभन्दा खराब भएको थियो ।

अमेरिकी अर्थतन्त्रले फेडेरल रिजर्भबाट थप कदमको आशा गरेको बताइएको छ । खासगरी महंगीसँग जुध्न पनि थप कदम आवश्यक देखिएको छ । यसको अर्थ ब्याजदर थप बढ्न सक्नेछ । फेड प्रमुख जेरेमी पवेलले पनि महंगी कम गर्न यो अत्यावश्यक रहेको बताइरहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x