विश्वकपमा होटल मजदुरको सुरक्षा गर्न कतारलाई आग्रह
लन्डन । बेलायतस्थित एक अधिकार समूहले बिहीबार फुटबल विश्वकपका क्रममा हजारौं विदेशी कामदार भर्ती गर्दै कतारका होटलहरुमा रंगभेद, अत्यधिक श्रम र श्रमिक अधिकारको प्रत्याभूत गर्न आग्रह गरेको छ ।
नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म (चार हप्ता) को खेल प्रतियोगिताको क्रममा कतारले एक लाखभन्दा बढी आगन्तुकहरूको आशा गरेको छ । यसमा कुनै प्रकारको सेवा सुविधाको कमी नहोस भनी कतारले ठूलो सङ्ख्यामा अस्थायी जनशक्ति भर्ती गरेको छ ।
श्रम अधिकार अभियान संस्था इक्विडेमका अनुसार तेलका लागि धनी खाडी राष्ट्रमा प्रतियोगिता पहिले नै कामदारहरूको ‘गम्भीर श्रम शोषण र मानव अधिकारको हनन’ गरिएको समाचारहरू बाहिरिएका छन् ।
कतारले विश्वकपका लागि गरेको संरचना निर्माणमा समेत प्रवासी मजदुरको अवस्थाप्रति पटक–पटक आलोचना खेप्दै आएको छ । यद्यपि कतारले हालैका वर्षहरूमा ठूलो सुधार गरेका जनाउँदै आएको छ । श्रम ठगीलाई दुरूत्साहन गर्न न्यूनतम पारिश्रमिक निर्धारण गर्ने र धेरै विवादास्पद प्रणालीलाई खारेज गर्नेजस्ता काममा सुधार गरिएको कतारले जनाएको छ । श्रमिकले रोजगार परिवर्तन गर्दा वा घर फर्किँदासमेत काम गरिराखेको कम्पनी वा फर्मको मालिकको अनुमति लिनुपर्ने भएकोले श्रमिकहरूको श्रम अधिकारको हनन हुने गरेको स्वीकार्दै यसलाई सुधारेको जनाएको छ ।
विश्व फुटबलको नियामक निकाय (फिफा) ले यसै हप्ता कतारसँग ‘सहभागी टिमहरू आयोजना गर्ने सबै सहित जम्मा १५९ होटलहरूमा श्रमिकको अधिकार र हितको संरक्षण गर्न आवश्यक प्रक्रिया’ लागू गरेको पुष्टि गरेको छ । इक्विडेमले बताएअनुसार बंगलादेशलगायत मुलुकका होटल श्रमिकहरूले आफ्ना अनुसन्धानकर्ताहरूसँग आफूले उही कामको लागि अरब राज्यका मानिसहरूको तुलनामा निकै कम ज्याला पाउने गरेको बताएका थिए ।
केन्याका सुरक्षा गार्डहरूले अन्य मुलुकको कामदारको तुलनामा आफूहरूले अत्यधिक गर्मी (तातो) मा काम गर्न दबाब दिएको दाबी गरेको अधिकार समूहले बताएको छ । इक्विडेमका अनुसार केही कर्मचारीहरूले आफू ‘रोबोटजस्तै’ विना तलब अत्यधिक समय काम गर्न बाध्य भएको र कोरोनाभाइरस महामारीको दौडान छुट्टिंदा धेरैले ज्याला र क्षतिपूर्ति प्राप्त नगरेको बताएका थिए । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठनले २० वटा ठूला होटलले गुनासो समाधानका लागि कामदार व्यवस्थापन समिति गठन गरेको तर त्योभन्दा बढी सुधार आवश्यक भएको बताएको छ । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया