Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा विदेशी मुद्रा सञ्चिती अभाव चुलिँदै

पाकिस्तानमा विदेशी मुद्रा सञ्चिती अभाव चुलिँदै

अटो कम्पनीले प्लान्ट नै बन्द गर्नुपर्ने अवस्था


इस्लामाबाद । पाकिस्तानका दुई ठूला कार एसेम्बलर टोयोटा र सुजुकीले अस्थायी रुपमा आआफ्ना प्लान्ट बन्द गर्ने भएका छन् । दुई कम्पनीले अर्को महिना प्लान्ट बन्द गर्ने भएका हुन् । रोयटर्सका अनुसार आयातमा गरिएको कडाइले कच्चा पदार्थको अभाव निम्त्याएपछि र विनिमय दरमा ठूलो उतारचढाव आएपछि कम्पनीहरुले यस्तो निर्णय लिएका हुन् ।

पाकिस्तानी सरकारले विदेशी मुद्रा सञ्चिति घट्नथालेको भन्दै केही हप्तायता आयातमा कडाइ गरिरहेको छ । पाकिस्तानमा अहिले विदेशी मुद्रा संकट गहिरिँदै जाँदा स्वदेशकै मुद्राको अवमूल्यन भएको छ भने चालू खाता घाटाको अन्तर फराकिलो हुँदै गएको छ ।

पाकिस्तानी रुपैयाँ वर्षगत तुलनामा २० प्रतिशतले अवमूल्यन भएको छ । आयातमा कडाइ गर्दा यसमै निर्भर उद्योगहरुमा भएका कच्चापदार्थ सकिएको छ भने केन्द्रीय बैंकले लेटर्स अफ क्रेडिटको प्रमाणीकरणमा ढिलाइ गरेको छ । बैंकहरुमा डलरको अभाव खट्किन थालेको छ ।

इन्दुस मोटरका कार्यकारी प्रमुख अलि अस्गर जमालीले कोटाअनुसार केन्द्रीय बैंकले लेटर अफ क्रेडिट अनुमति दिए अर्को महिना १० कार्यदिन मात्रै हुने बताए । इन्दुसले पाकिस्तानमा टोयोटाका गाडीको एसेम्बलिङ गर्छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x