Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसामसङको आम्दानी दोब्बर

सामसङको आम्दानी दोब्बर


सोल । दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो त्रैमासिक कमाइमा दोब्बर वृद्धि गरेको बिहीबार जानकारी गराएको छ । सामसङले एक वर्ष पहिलेभन्दा आफ्नो आम्दानी २१.३ प्रतिशतले बढेर अप्रिल–जून महिनामा ७७.२ खर्ब वन (५९.२ अर्ब अमेरिकी डलर) पुगेको जनाएको छ ।

यसले कम्पनीको इतिहासमा दोस्रो सबैभन्दा उच्च राजस्व संकलनलाई संकेत गरेको छ । यस वर्षको पहिलो त्रैमासिकमा ७७.७८ खर्बले वन (५९.७ अरब डलर) रेकर्ड गरिएको राजस्वभन्दा भने सामान्य कमी हो ।

कम्पनीको यो बर्षको सञ्चालन मुनाफा १२.२ प्रतिशतले बढेर दोस्रो त्रैमासिकमा १४.०९ खर्ब वन (१०.८ अर्ब डलर) पुगेको जनाइएको छ । यो दोस्रो त्रैमासिकको लागि तेस्रो सबैभन्दा उच्च नाफा हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x