Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कोरोना संक्रमण घट्दै

भारतमा कोरोना संक्रमण घट्दै


नयाँ दिल्ली । बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना संक्रमतिको संख्या १३ हजार सात सय ३४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ ।

देशमा हाल कोरोना संक्रमितको संख्या चार करोड ४० लाख ५० हजार नौ पुगेको छ । सोमबार प्रकाशित तथ्यांकअनुसार एक दिनमा १६ हजार चार सय ६४ जना संक्रमित भएका थिए । देशभर एक लाख ३९ हजार सात सय ९२ सक्रिय संक्रमित छन् । यसैगरी १७ हजार आठ सय ९७ संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त भएकाको संख्या चार करोड ३३ लाख ८३ हजार सात सय ८७ पुगेको छ ।

कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट पाँच लाख २६ हजार चार सय ३० जनाको मृत्यु भएको छ । महामारी सुरु भएयता ८७ करोड ७५ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब चार करोड ६० लाख ८१ हजार ८१ मात्रा खोप लगाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x