Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनले १६ अल्पविकसित देशहरूसँग कर नलिने

चीनले १६ अल्पविकसित देशहरूसँग कर नलिने


बेइजिङ । चीनले विभिन्न १६ अल्पविकसित देशहरूमा उत्पन्न हुने करयोग्य वस्तुहरूमा कर लाग्ने ९८ प्रतिशत वस्तु र सेवामा शून्य कर लगाउने भएको छ । राज्य परिषद्को भन्सार शुल्क आयोगले सोमबार जारी गरेको विज्ञप्तिमामार्फत सो बारे जानकारी गराइएको छ ।

सेप्टेम्बर १ मा लागू हुने सो नीतिले ती देशहरूसँग बजारका विभिन्न अवसरहरू आदान–प्रदान गर्न र साझा विकासको लागि जोड दिँदै मानवजातिको साझा भविष्य भएको समुदायको निर्माणलाई प्रवद्र्धन गर्न मद्दत पुग्ने पनि विज्ञप्तिमा भनिएको छ ।
चीनसँग कूटनीतिक सम्बन्ध भएका सबै अल्पविकसित देशहरूमा यो व्यवस्था क्रमशः विस्तार हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x