Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारनियुक्तिको एक वर्षमै टिन्डरकी सीईओको राजीनामा

नियुक्तिको एक वर्षमै टिन्डरकी सीईओको राजीनामा


अमेरिका । डेटिङ एप टिन्डरकी नयाँ प्रमुख कार्यकारी अधिकृतले नियुक्तिको एक वर्षमै राजीनामा दिएकी छिन् । योसँगै कम्पनी छोड्ने उच्चपदस्थमा उनी दोस्रो महिला कार्यकारी हुन् । टिन्डर म्याच ग्रुपको कम्पनी हो ।

म्याच ग्रुपको नयाँ सीईओमा बर्नार्ड किमको घोषणा गरिएको छ । सीईओ रिनेट निबर्गले मंगलबार सेयरसदस्यलाई पत्र लेख्दै राजीनामा दिएको घोषणा गरेकी हुन् । उनले ६२ दिनमा पद छोडेको बताइएको छ ।

‘हाम्रो उद्देश्य हाम्रो ब्रान्डलाई अभिप्रेरित गर्नु हो । हामी गर्छौँ र एकदमै राम्रो सेवा दिनेछौँ’, किमले लेखेका छन् । टिन्डरको लोकप्रियता घटेको, नयाँ प्रयोगकर्तालाई आकर्षिैत गर्न नसकेको र मानिसहरुलाई खर्च गराउन नसकेको बताइएको छ । जुनमा सकिएको पछिल्लो तीन महिनामा कम्पनीको आम्दानीको नतिजासँगै बुधबार २० प्रतिशतले सेयर मूल्य घटेको थियो । म्याच ग्रुपले टिन्डर, हिन्जी, ओकेक्युपिड र म्याच डटकम सञ्चालन गर्छ । सन् २०२१ को दोस्रो त्रैमासिकमा कोभिड खोपको फैलिँदो उपलब्धताबाट कम्पनीले फाइदा लिए पनि सन् २०२२ मा त्यही किसिमको उत्साह नदेखिएको कम्पनीले जनाएको छ ।

म्याच ग्रुपका अनुसार गत वर्षभन्दा पछिल्लो त्रैमासिकमा १२ प्रतिशतले राजस्व बढेर ७९ करोड ५० लाख डलर पुगेको छ । तर यो अनुमान गरिएको ८० करोड र ८१ करोडको बीचको तथ्यांकभन्दा कम हो । आम्दानीबारे छलफलका लागि बुधबार बोलाइएको बैठकमा म्याच ग्रुपका प्रमुख वित्तीय अधिकृतले टिन्डरको सोचेभन्दा कम राजस्वको अर्थपूर्ण नकारात्मक असर कुल कम्पनीको मार्जिनमा पर्ने बताए । ग्रुपको लागि टिन्डर फलिफाप हुँदै आएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x