Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररूसले अन्न निर्यात घटाउने

रूसले अन्न निर्यात घटाउने


मस्को । रूसले यस वर्ष खाद्यान्न निर्यात कटौती गर्ने बताएको छ । रूसमा यस बर्ष कृषि क्षेत्रमा अपेक्षाअनुसार उत्पादन नहुने देखिएको कारण खाद्यान्न निर्यातलाई घटाउन लागिएको रूसी कृषि मन्त्रालयले शुक्रबार जनाएको हो ।

कृषि मन्त्री डिमिट्री प्याट्रसेवले निर्यात योजनालाई कम गर्न सकिने बताए । ‘कुल १३ करोड टन खाद्यान्न उत्पादनको लक्ष्य भए पनि खडेरी, अल्पवृष्टि, अतिवृष्टिजस्ता मौसमसम्बन्धी समस्याका कारण उत्पादन घटेको र यसले निर्यात कटौती गर्नुपर्ने बाध्यता देखिएको छ’, उनले भने ।

उनले स्वदेशी बजासलाई भने खाद्यान्न अभाव हुन नदिने बताए । ‘यदि अपेक्षकृत उत्पादन नभएमा हामीले ५० करोड टन को निर्यात योजनामा संशोधन गर्नुपर्नेछ । अनि यसले विश्व अन्न बजारमा नकारात्मक असर पार्न सक्छ’, कृषि मन्त्रालयको टेलिग्राम च्यानलले पाटुशेभलाई उद्धृत गर्दै लेखेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x