Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअवतरणको ४५ मिनेटसम्म पनि स्पाइसजेटको बस नआएपछि..

अवतरणको ४५ मिनेटसम्म पनि स्पाइसजेटको बस नआएपछि..


नयाँ दिल्ली । आर्थिक संकटबाट गुज्रिरहेको स्पाइसजेटविरुद्ध हवाइ नियामक डीजीसीएले अनुसन्धान थालेको छ । प्राविधिक कमजोरीका कारण कम्पनीले आगामी आठ हप्तासम्म ५० प्रतिशत उडान गर्न नपाउने भएको हो ।

डीजीसीएले यो आठ हप्तामा कम्पनीमाथि निगरानी गर्ने जनाएको छ । यहीबीच कम्पनीको हैदरावादबाट दिल्ली आएको विमानबाट केही यात्रु शनिबार राति विमानस्थलको रनवेमै ओर्लिनुपरेको छ । एयरलाइन्सको उनीहरुलाई टर्मिनलसम्म लैजान ४५ मिनेटसम्म पनि बस नआएपछि यात्रुहरु रनवेमै ओर्लिनुपरेको हो ।

स्रोतलाई उद्धृत गर्दै नवभारत टाइम्सले लेखेको समाचारअनुसार डीजीसीएले यो घटनाबारे जाँच गरिरहेको छ । कम्पनीले भने बस आउन केही ढिला भएको बताउँदै बस आएपछि यात्रुलाई टर्मिनल भवनसम्म लगेको बताएको छ । कम्पनीका कर्मचारीले बारम्बार अनुरोध गर्दा पनि केही यात्रुले जबर्जस्ती ओर्लिएको कम्पनीको भनाइ छ । तर केही यात्रु ओर्लिँदै गर्दा बस आएकाले सबैलाई बसबाटै टर्मिनल भवन लगिएको कम्पनीले दाबी गरेको छ । यात्रुहरु रनवेमा हिँड्न पाउँदैनन् ।

स्पाइसजेट भारतको तेस्रो ठूलो कम्पनी हो । कम्पनीको साढे नौ प्रतिशत बजार हिस्सा छ । कम्पनी पछिल्लो १७ वर्षयता उडान भर्दै आएको छ । तर पछिल्ला दिनमा कम्पनीमाथि धेरै किसिमको समस्यामा छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x