Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइन्धनको उच्च मूल्यवृद्धिपछि बंगलादेशमा देशव्यापी विरोध प्रदर्शन

इन्धनको उच्च मूल्यवृद्धिपछि बंगलादेशमा देशव्यापी विरोध प्रदर्शन


ढाका । सरकारले मुलुकमा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढी वृद्धि गरेपछि बंगलादेशभरि विरोध प्रदर्शन भएको छ । इन्धनको मूल्यमा एक्कासि अत्यधिक वृद्धि भएको भन्दै विरोधमा बंगलादेश विद्यार्थी महासंघलगायतका केही विद्यार्थी संगठनले देशभर प्रदर्शन गरेका ढाका ट्रिब्यूनले जनाएको छ । यसैबीच प्रगतिशील विद्यार्थी गठवन्धनले पनि छुट्टै विरोध ¥याली आयोजना गरेको छ ।

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम मानिसहरूको दैनिकी कठिन बनेको छ । सार्वजनिक सम्पत्तिमा सरकारले गरेको दुरुपयोगले मानिसहरूलाई यस सफ्टतर्फ पु-याएको छ’, प्रदर्शनमा सहभागीमध्येका एक विद्यार्थीलाई उद्धृत गरी ढाका ट्रिब्यूनले लेखेको छ । यसबाहेक, ढाकाका थुप्रै बसहरूले आइतबार यात्रुहरूबाट अत्यधिक भाडा लिइरहेका बताइएको छ ।

तथापि, बंगलादेश जत्री कल्याण समिति (बीजेकेएस) ले इन्धनको बढ्दो मूल्यका कारण बस भाडावृद्धिमा हालै भएको वृद्धिलाई अस्वीकार गर्दै ‘उचित लागत मूल्यांकनपछि नयाँ बस भाडा निर्धारण गर्नुपर्ने बताएको छ । यसैबीच, बंगलादेशी प्रकाशनले ढाका इलेक्ट्रिक सप्लाई कम्पनी लिमिटेड (डेस्को) अन्तर्गतका क्षेत्रका उपभोक्ताले आइतबार तीन घण्टा विद्युत् भार कटौतीको सामना गरेका छन् । शुक्रबार रातिदेखि लागू हुने गरी सरकारले डिजेलको मूल्य प्रति लिटर ३४ देखि ४६ टाकासम्म बढाएको हो ।

शुक्रबार मूल्यवृद्धिको समाचारसँगै ढाकाको मोहमदपुर, अगरगाँव, मालीबाघलगायतका क्षेत्रका थुप्रै स्टेसनले इन्धन वितरणलाई रोकेका र मध्यरातदेखि वृद्धि भएको मूल्यमा बिक्री पुनः सुरु हुने घोषणा गरेका ढाका ट्रिब्यूनले जनाएको थियो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x